डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्टको भविश्य अब ‘ओभरसाइट बोर्ड’को हातमा

  • Technology Khabar | १० माघ २०७७, शनिबार
डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्टको भविश्य अब ‘ओभरसाइट बोर्ड’को हातमा
फाइल तस्बिर

काठमाडौं ।

फेसबुकको ओभरसाइट बोर्डले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्टको बारेमा निर्णय लिने भएको छ।

फेसबुकले स्वतन्त्र विज्ञहरुलाई ट्रम्पको खातामा भएको प्रतिबन्ध जारी राख्ने वा हटाउने निर्णय गर्न आग्रह गरेको छ।

यस महिनाको शुरूमा जनवरी ६ मा क्यापिटल (संसद भवन) मा ट्रम्पका समर्थकहरुले गरेको हंगामा पछि फेसबुक र यसको सहयोगी इन्स्टाग्रामले पूर्व अमेरिकी राष्ट्रपतिको खाता निलम्बन गरेको छ।

फेसबुकले तीन बर्ष अघि स्वतन्त्र विज्ञहरु समावेश गरेर एक निरीक्षण बोर्ड (ओभरसाइट बोर्ड) गठन गरेको थियो।

बोर्डले बिहीबार यस बारेमा फेसबुकबाट एक अनुरोध प्राप्त भएको जानकारी दिएको छ। फेसबुकले यदि प्रयोगकर्ता राजनीतिज्ञ भएको खण्डमा खाता निलम्बन गर्ने नीति बारेमा बोर्डबाट सुझाव पनि खोजेको छ। बोर्डले एक विज्ञप्तिमा भन्यो, ‘यस विषयमा बोर्डको निर्णय फेसबुकका लागि बाध्यकारी हुनेछ। बोर्डले निर्णय लिनेछ कि के ट्रम्पको खाता निलम्बन अनिश्चित कालसम्म जारी रहनेछ भनेर ।

निरीक्षण बोर्डले भने कि यो कुरा आगामी दिनमा पाँच सदस्यीय समीक्षा प्यानललाई बुझाइनेछ। एक पटक समिति निर्णयमा पुगेपछि, सो सम्पूर्ण बोर्डमा राखिनेछ। बोर्डले बहुमतको साथ निर्णय लिने छ। एजेन्सी

प्रकाशित: १० माघ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • १० माघ २०७७, शनिबार