ट्विटरले सुरू गर्यो भेरिफाइड ‘ब्लू टिक’ दिने प्रकृया, यसरी गर्न सकिनेछ आवेदन

  • Technology Khabar | १० माघ २०७७, शनिबार
ट्विटरले सुरू गर्यो भेरिफाइड ‘ब्लू टिक’ दिने प्रकृया, यसरी गर्न सकिनेछ आवेदन

काठमाडौं ।

सोशल मिडिया ट्विटरले पुनः भेरिफिकेसन प्रकृया शुरु गरेको छ । कम्पनीले यहि शुक्रबारदेखि ट्विटर ह्याण्डल भेरिफिकेसन पुनः सुरु गरेको हो।

यसअघि ट्विटरले सन् २०१७ मा पब्लिक भेरिफिकेसन बन्द गरेको थियो । कम्पनीले तीन वर्षपछि एकाउन्ट भेरिफिकेसन पुनः सुरु गरेको हो । केहि समयअघि नै ट्विटरले यस बारेमा जानकारी दिएको थियो ।

ट्विटरका अनुसार कम्पनीले एक्टिभ एकाउन्ट मात्र भेरिफिकेसन गर्नेछ। सुरुवाती चरणमा ६ प्रकारका अकाउन्टको भेरिफिकेसन हुने कम्पनीले जनाएको छ।

जसमा सरकारी कम्पनी, ब्रान्ड, गैरनाफामुलक संस्था, समाचार संस्था, मनोरञ्जन, खेलकुद, आयोजक र प्रभावशाली व्यक्ति छन्। यद्यपि ट्विटरले फलोअर धेरै भएका एकाउन्टलाई समेत भेरिफाई गरिने जनाएको छ ।

ट्विटरले भन्यो कम्पनीले नयाँ क्याटगोरी थप गर्नकालागि समेत सुझाव आएका छन् । यसमा एकेडेमिक्स, साइन्टिस्ट र अन्य धार्मिक नेताहरु समावेश छन्। यसको लागि कम्पनीले पछि नयाँ क्याटगोरी थप गर्नेछ ।

कम्पनीले नियम उलंघन गर्ने ट्विटर एकाउन्टको भेरिफिकेसन खोसिन सक्ने समेत बताएको छ । यसमा निस्क्रिय रहेका एकाउन्टहरु, एकाउन्टमा नाम परिवर्तन गरिएमा, घृणा फैलाउने पोस्ट र देशको अखण्डताको विरुद्धमा पोस्ट गर्नेहरुको ब्लू टिक ब्याज हटाइनेछ ।

यसरी हुनेछ भेरिफिकेसन

कम्पनीले नयाँ भेरिफिकेसनको लागि कम्पनीले छिटो भन्दा छिटो सेल्फ सर्भ एप्लिकेशन पोर्टल रीलन्च गर्ने बताएको छ।

मानिसहरुले भेरिफिकेशनको लागी सो पेजमा अप्लाई गर्नु पर्छ। यो प्रक्रियामा यूजर्सले उनलाई भेरीफाइड स्टेट्सको लागि एक क्याटगरी सेलेक्ट गर्नुपर्ने हुन्छ र आफ्नो आइडेन्टिटी लिंक्स र अन्य सपोर्टिंग मटेरियल्समार्फत सुनिश्चित गर्नुपर्ने हुन्छ ।

प्रकाशित: १० माघ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार