Technology Khabar ९ माघ २०७७, शुक्रबार
काठमाडौं ।
कुमारी बैंकले ग्राहकलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ । उक्त योजना अन्तर्गत २०७७ पुस १ गते पश्चात् बैंकको मोबाइल एप ‘कुमारी स्मार्ट’ मा रजिष्टर भएका ग्राहकहरुले वार्षिक मोबाइल रजिस्ट्रेसन शुल्कमा रु १०० फिर्ता पाउनेछन् ।
सो रकम फिर्ता पाउन ग्राहकवर्गले रजिस्ट्रेसन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत रु २,००० सम्मको कारोबार गरेको हुनुपर्नेछ ।
सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथा पानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानी लगायत स्कुल कलेजको फी तथा मर्चेन्टको बिल भुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधीको लागी मात्र रहने बैंकले जनाएको छ ।
प्रकाशित: ९ माघ २०७७, शुक्रबार