
काठमाडौं ।
अब अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट दुई पटकसम्म निःशुल्क रकम झिक्न पाइने भएको छ । दुई पटकपछि भने अन्य अब अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट रकम झिक्दा शुल्क तिर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहिबार बैंक तथा वित्तीय संस्थालाई यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
कोभिडको बढ्दो प्रकोपको समयमा अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट निःशुल्क रकम झिक्न पाउने व्यवस्था गरेका थिए । बिचमा भने यो व्यवस्था हटाइएको थियो ।
तर पुन: अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट निःशुल्क रकम झिक्न पाउने व्यवस्था लागु गरिएको थियो ।
अब भने माघ १ गतेदेखि भने अन्य बैंक तथा वित्तीय संस्थाको एटीएमबाट दुई पटकसम्म निशुल्क रकम झिक्न पाइने छ । त्यसपछि भने शुल्क लाग्ने छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार दुई पटकभन्दा बढि कारोबारको हकमा प्रति कारोबार २० रुपैयाँसम्म असुल्न सक्नेछन् ।
यो पनि हेर्नुस्-
बैंक तथा वित्तीय संस्थाले इन्टरनेट, मोबाइल र एसएमएस बैंकिङको शुल्क लिन पाउने
प्रकाशित: २३ पुष २०७७, बिहीबार