
काठमाडौं ।
अब मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङको यूजरनाम र पासवर्ड हराए वा बिर्सिए बैंक धाउनु नपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहिबार बैंक तथा वित्तीय संस्थालाई विद्युतीय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङको यूजरनाम र पासवर्ड हराए वा बिर्सिए आफै प्राप्त गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले यो व्यवस्था माघ १ गतेदेखि कार्यान्वयनमा ल्याउनुपर्नेछ ।
यस अघि मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङको यूजरनाम र पासवर्ड हराए वा बिर्सिए प्रयोगकर्ता स्वयम बैंकमा उपस्थिति भई फारम भरेर मात्र यो सेवा लिन सक्थे।
प्रकाशित: २३ पुष २०७७, बिहीबार