फोरजी सेवाका प्रयोगकर्ता ६३ लाख ३२ हजार पुगे, एनसेलको हिस्सा ६४.४७ प्रतिशत

Technology Khabar २२ पुष २०७७, बुधबार

काठमाडौं ।

नेपालमा फोरजी प्रयोगकर्ता ६३ लाख ३२ हजार १९४ जना पुगेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा फोरजी प्रयोगकर्ता ६३ लाख ३२ हजार १९४ जना पुगेका छन् ।

फोरजी सेवामा पहुँच भएका मध्ये धेरै नेपालीले एनसेलबाट फोरजी सेवाको उपयोग गर्छन् । तथ्यांकअनुसार एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८२ हजार ५१७ जना छन् ।

कुल फोरजी सेवाका प्रयोगकर्ता मध्येमा एनसेलको हिस्सा करिब दुई तिहाई रहेको देखिन्छ । एनसेलको सेवामा फोरजी चलाउने प्रयोगकर्ता ६४.४७ प्रतिशत छन् ।

नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता २० लाख ४९ हजार ९१६ जना छन् । टेलिकमको प्रयोगकर्ता ३२.३७ प्रतिशत छन् ।

त्यसैगरि स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता एक लाख ९९ हजार ७६१ जना छन् । प्रतिशतको आधारमा हेर्दा स्मार्टका प्रयोगकर्ता ३.१६ प्रतिशत छन् ।

नेपालमा २०५६ सालदेखि जीएसएम मोबाइल र २०५७ देखि मोबाइल इन्टरनेट सुरु भएको हो । सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजी सेवाको सुरुवात भएको हो ।

प्रकाशित: २२ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया