
काठमाडौं ।
सर्भर मर्मतका लागि भन्दै सोमबार बन्द गरिएको यातायात व्यवस्था विभागको अनलाईन लाइसेन्स आवेदन पुनः सुचारु भएको छ।
सर्भर मर्मत कार्य सम्पन्न भइसकेकाले मंगलबारदेखि पुनः लाइसेन्सका लागि अनलाईन आवेदन दिन सकिने विभागले जानकारी दिएको छ।
हाल सर्भर संचालनमा रहेको र अनलाइन आवेदन दिन सकिने भएको छ ।
यातायात व्यवस्था विभागले अनलाइन सर्भरमा समस्या देखिएपछि सर्भरको मर्मत कार्यका लागि भन्दै पुस २० गते सोमबार सेवा बन्द गरेको थियो।
विभागले यहि पुस १४ गते जनवरी १ तारिखदेखि नयाँ लाइसेन्सको आवेदन फर्म भर्ने सुबिधा शुरु गरेको थियो । अनलाईन आवेदन विहान ६ बजेदेखि राती १० बजेसम्म भर्न सकिन्छ।
प्रकाशित: २१ पुष २०७७, मंगलवार