नेपाल टेलिकमको मोबाइल सेवामा ब्यालेन्स सकियो, त्यसोभए यसरी लिनुहोस् सापटी

Technology Khabar २१ पुष २०७७, मंगलवार

काठमाडौं ।

नेपाल टेलिकम (एनटीसी) को प्रयोगकर्ता हुनुहुन्छ भने सिममा ब्यालेन्स नभए पनि फोन गर्न सक्नुहुनेछ ।

नेपाल टेलिकमले आफ्नो प्रिपेड ग्राहकलाई क्रेडिट (सापटी) सेवा उपलब्ध गराउँदै आएको छ । जसमा नमस्ते क्रेडिट योजना अन्तर्गत सेवाग्राहीले पाँच रुपैयाँ देखि २० रुपैयाँसम्मको क्रेडिट लिन सक्छन् ।

मेन ब्यालेन्स सकिएर फोन सम्पर्क गर्न नपाएको अवस्था यो सुविधा उपयोग गर्न सकिन्छ ।

  • यो सेवा सुरु गर्न प्रयोगकर्ताले म्यासेजमा START (स्टार्ट) टाइप गरी १४७७ मा एसएमएस गर्नुपर्ने हुन्छ ।
  • सेवा सुरु भए नभएको थाहा पाउन STATUS (स्टाटस) टाइप गरेर १४७७ मा पठाउनु पर्नेछ । यसबाट तपाईँले सेवा प्रयोग भएको बेलामा तपाईँले लिन सकिने अधिकतम सापटी रकमको बारेमा समेत जानकारी पाउनुहुन्छ ।
  • यो सेवा टेलिकमका प्रिपेड सिममा अटोमेटिक सुचारु हुन्छ ।
  • यो सुविधा उपयोग गर्न नचाहने ग्राहकले STOP (स्टप) टाइप गरेर १४७७ मै एसएमएस गर्नुपर्ने हुन्छ ।

तपाईँको वाईफाई कनेक्सन अरु कसैले चोरेको छ की छैन? यसरी थाहा पाउन सकिन्छ

यो सेवा प्रयोग गरे बापत टेलिकमले ग्राहकसँग अतिरिक्त शुल्क लगाउँदैन । तर अर्कोपटक रिचार्ज गर्दा सापटी बराबरको शूल्क रकम रिचार्जबाट काटिनेछ ।

टेलिकमले सापटी सुविधा आफ्नो सेवा निरन्तर लिने र नेटवर्कमा लगातार जोडिनेको आधारमा सापटी रकम उपलब्ध गराउने गर्दछ । सापटी सिमा बढाउन टेलिकमको सेवा बढि भन्दा बढि प्रयोग गर्नु पर्नेछ।

यो सेवा कम्पनीले जीएसएमस र सिडिएमए दुबै सेवाका प्रयोकर्ताहरुलाई उपलब्ध गराएको छ ।

यो पनि हेर्नुस्-

फिचर फोनहरुमा समेत फोरजी भोल्टेको परीक्षण गर्दै नेपाल टेलिकम

प्रकाशित: २१ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया