पठाओका ग्राहक तथा राइडरको लागि ५ लाखसम्मको दुर्घटना बीमा सुविधा

  • Technology Khabar | ९ पुष २०७७, बिहीबार
पठाओका ग्राहक तथा राइडरको लागि ५ लाखसम्मको दुर्घटना बीमा सुविधा

काठमाडौं ।

राइड शेयरिङ कम्पनी पठाओ नेपालले आफ्ना ग्राहक तथा राइडरहरुको दुर्घटना बीमा गरिदिने भएको छ। यसका लागि पठाओ नेपालले बुधबार एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग बीमा गर्नेसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

यस समझदारीसँगै पठाओ एपमार्फत सहजीकरण गरिएको उपलब्ध सेवाहरु प्रयोग गर्ने कुनै पनि ग्राहक तथा राइडरहरुको दुर्घटनाको कारणले हुने मृत्यु, अपङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिएको छ।

यसका साथै पठाओ नेपालले एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा १ लाख रुपैयाँसम्मको दुर्घटना उपचार बीमा सेवा पनि ल्याएको छ ।

यो दुर्घटना उपचार बीमा योजना पठाओ एप प्रयोग गरि सेवा लिनेदिने ग्राहक तथा राइडर दुबैको हकमा लागु हुनेछ ।

यी दुवै बीमा सेवा उपयोग गर्न दुर्घटना भएको ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातसहित निवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ९ पुष २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • ९ पुष २०७७, बिहीबार