
काठमाडौं ।
काठमाडौं । सिटिजन्स बैंकले महिला उद्यमी महासंघ नेपालका महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र महासंघबीच बुधबार महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।
बैंकले महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गर्ने जनाएको छ ।
महिला उद्यमशिलताको विकाशको हेतु चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौता फलदायी हुने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले १०९ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।
प्रकाशित: ९ पुष २०७७, बिहीबार