
काठमाडौं ।
सिद्धार्थ बैंकले विराटनगर स्थित नागरिक केयर सेन्टरलाई सामाजिक उत्तरदायित्व अन्र्तगत पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले सेन्टरका अध्यक्ष पवनकुमार शारदालाई हस्तान्तरण गरे ।
सेन्टरले प्रदेश नं १ मा कोभिड–१९ संक्रमितहरुका उपचारका लागि आवश्यक सेवा सुविधायुक्त १०० शैयाको अस्पताल बनाउन सो रकम उपयोग गर्नेछ । संक्रमितहरुलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था, नागरिक केयर सेन्टरलाई बैंकले पुर्याएको यस सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म भए पनि सहजता पुग्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित: ८ पुष २०७७, बुधबार