
काठमाडौं ।
जीओ अटोमोवाइल्स् प्रालि (जीओ) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फोर्डको २०२१ संस्करण २०२० कै मूल्यमा वुकिङ खुल्ला गरेको थियो ।
यसैबिच क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्षझै गर्ने हर्षोल्लासमय पर्वमा फोर्डले सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्ग माझ बाँड्ने भएको छ।
साथै यस उत्सवमा फोर्डको २०२१ संस्करण गाडी २०२० मूल्यमा बूकिङको व्यवस्था पनि गरिएको छ । ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको जानकारी दिएको छ ।
यस उत्सवमा ग्राहकहरुले विभिन्न अद्भुत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपाली अलि फरक किसिमको सान्तासँग अन्तरक्रिया गर्ने मौका पनि प्राप्त गर्न सक्नेछ ।
सो उत्सवमा ग्राहकवर्गले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ तथा फोर्ड विक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गर्नेछन् ।
साथै २०२१ संस्करण फोर्ड गाडीको २०२० मूल्यमा बुकिङको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: ८ पुष २०७७, बुधबार