तपाईँ नयाँ फोन किन्दै हुनुहुन्छ, त्यसोभए आईफोन र एन्ड्रोइडमा के फरक छ थाहा पाउनुहोस्

  • Technology Khabar | ८ पुष २०७७, बुधबार
तपाईँ नयाँ फोन किन्दै हुनुहुन्छ, त्यसोभए आईफोन र एन्ड्रोइडमा के फरक छ थाहा पाउनुहोस्

काठमाडौं ।

स्मार्टफोनको बजारमा आईफोन र एन्ड्रोइडबीच तीब्र प्रतिस्पर्धा छ । एन्ड्रोइडको तुलनामा आईफोन निकै महँगो छ । आईफोनमा त्यस्तो के छ, जसले यसको मूल्य एन्ड्रोइडको भन्दा धेरै हुन्छ । यी फोनमा के भिन्नता छ ।

आईफोन र एन्ड्रोइडको फिचर र अपरेटिङ स्टिममा के फरक छ । नयाँ फोन खरिद गर्ने समयमा धेरैलाई आईफोन लिने कि एन्ड्रोइड किन्नेभन्दा दुविधा हुन्छ । बजारको ठूलो हिस्सा पनि यि दुई फोनकै छ ।

आईफोन प्रयोग गर्नेलाई आईफोनको फिचर र अपरेटिङ सिस्टम राम्रो लाग्छ भने एन्ड्रोइड प्रयोगकर्तालाई एन्ड्रोइडको फिचरले आकर्षित गर्दछ ।

तपाई कुनै नयाँ फोन किन्ने योजनामा हुनुहुन्छ भने आईफोन र एन्ड्रोइडको विशेषताहरुको बारेमा जानकार हुन आवश्यक हुन्छ ।

आईफोन र एन्ड्रोइडमा यस्ता भिन्नता छन् ।

आईफोन

अमेरिकी कम्पनी एप्पल आईफोनको निर्माता हो । यो कम्पनी प्रिमियम प्रोडक्ट उत्पादन गर्नुका साथै क्वालिटीका लागि प्रख्यात छ। आईफोन महँगो हुनुका बाबजुत यसलाई मन पराउने ग्राहक धेरै छन् । सबैभन्दा पहिलो कुरा आईफोनको सिक्योरिटी हो । आईफोनको सिक्योरिटी राम्रो छ ।

एन्ड्रोइडको तुलनामा आईफोनको डाटा धेरै सुरक्षित रहन्छन्। एप्पल कम्पनीले आफ्नो स्मार्टफोनमा कम्पनीले नै डिजाइन गरेको हार्डवेयर र आईओएसको प्रयोग गर्छ । फोनमा प्रयोग भएको फिचर र पार्टस् सम्बन्धी सम्पूर्ण जानकारी कम्पनीसँग हुन्छ । यसले पनि आईफोनको हार्डवेयर र सफ्टवेयरमा खासै समस्या आउँदैन । यदि कुनै समस्या देखिएमा आईफोनका आधिकारीक सर्भिस सेन्टरबाट समाधान हुन्छन् । आईफोन एप्पलले मात्र निर्माण गर्ने भएकाले यसको सिमित मोडल मात्र बजारमा उपलब्ध हुन्छ । त्यसैले आईफोन एन्ड्रोइडको तुलनामा महँगो पर्छ ।

आईफोनमा एन्ड्रोइडको तुलनामा धेरै एप्स हुँदैनन् । जति पनि एप्स उपलब्ध हुन्छन् ती सबै गुणस्तरिय हुन्छन् । आईफोनका अधिकांश फोन करिब एक लाख रुपैयाँभन्दा माथिका हुन्छन् ।

एन्ड्रोइड

एन्ड्रोइड अपरेटिङ सिस्टम भएको फोनलाई एन्ड्रोइड भनिन्छ । बजारमा उपलब्ध अधिकांश फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम हुन्छ । एन्ड्रोइड गुगलको सफ्टवेयर हो । यो ओपन सोर्स सफ्टवेयर हो र यसलाई उत्पादकले आफ्नो हिसाबले मोडिफिकेसन वा कस्टमाइज गर्न सक्छन् । एन्ड्रोइड अपरेटिङ सिस्टम हुनुका बाबजुद ब्राण्ड अनुसार यसका फिचर फरक फरक हुन्छन् । मोबाइल कम्पनीले आफ्नो फोनका आधारमा एन्ड्रोइडका फिचर राख्छन् ।

एन्ड्रोइड फोनमा विविधता पाउन सकिन्छ । पाँच हजार रुपैयाँदेखि लाखौं मूल्यका एन्ड्रोइड फोन बजारमा उपलब्ध छन् । बजारमा विभिन्न डिजाइनको एन्ड्रोइड फोनहरु पाइन्छन् । एन्ड्रोइड फोनमा मल्टी विन्डोको विकल्प हुन्छ । जसका कारण एक पटकै दुई वा सोभन्दा धेरै काम गर्न सकिन्छ । एन्ड्रोइडमा आईफोनको तुलनामा धेरै एपहरु हुन्छन् । यसका फिचरमा पनि विविधता पाउन सकिन्छ ।

तर सिक्योरिटीमा भने आईफोन वा आईओएस भन्दा एन्ड्रोइड फोन बढि जोखिमयुक्त हुने गर्दछ । एन्ड्रोइड फोनहरुमा भने ग्राहकहरुले विभिन्न फिचरहरुका साथमा बृहत छनौटको अवसर पाउने गर्दछन् ।

प्रकाशित: ८ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...