टिकटकको नक्कल गर्ने भारतीय एपमा गूगल र माइक्रोसफ्टको लगानी

  • Technology Khabar | ७ पुष २०७७, मंगलवार
टिकटकको नक्कल गर्ने भारतीय एपमा गूगल र माइक्रोसफ्टको लगानी

काठमाडौं ।

चिनियाँ स्वामित्वको छोटो भिडियो एप भारतमा प्रतिबन्धित भएको केही महिनापछि भारतबाट टिकटकको जस्तै नक्कल गरेको स्थानिय एपले अल्फाबेट इंकको गुगल र माइक्रोसफ्ट सहित लगानीकर्ताहरूबाट १०० मिलियन डलर भन्दा बढी संकलन गरेको छ।

‘जोस’ भन्ने भारतीय एप धेरै घरेलु रूपमा विकसित छोटो भिडियो शेयरिङ्ग प्लेटफर्महरू मध्ये एक हो जुन भारतले चीनसँगको सीमा संकटको बीचमा गत जुनमा निकै लोकप्रिय टिकटकलाई रोकिदिएको थियो । जसले टिकटकको सो बजार अन्तरमा आएका एप्समा विश्वव्यापी लगानीकर्ताको चासो आकर्षित गर्‍यो।

जोसको स्वामित्व ग्रहण गर्ने मुख्य कम्पनी बेंगलुरुमा रहेको भर्स इनोभेसनलाई १ अर्ब डलरभन्दा बढीको मूल्यांकन गरिएको एक विज्ञप्तिमा भनिएको छ।

सो कम्पनीमा ग्लोबल इन्भेस्टर अल्फावेभका साथै सोफिना ग्रुप र लुपा सिस्टमको समेत लगानी रहेको छ । भर्स इनोभेसनले लगानीलाई जोसको बजार बढाउन प्रयोग गर्ने बताएको छ ।

सो एपमा हाल ७ करोड ७० लाख मासिक प्रयोगकर्ता र ३ करोड ६० लाख दैनिक प्रयोगकर्ता छन् । एजेन्सी

प्रकाशित: ७ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार