
काठमाडौं ।
नेपालमा पछिल्लो एक महिनामा क्रेडिट कार्डको कारोबार र कारोबार रकम बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार क्रेडिट कार्डको कारोबार तथा कारोबार रकम बढेको हो ।
असोज महिनाको तुलनामा कात्तिक महिनामा क्रेडिट कार्डको कारोबार तथा कारोबार रकम बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको डाटामा उल्लेख छ ।
असोज महिनाको तुलनामा कात्तिकमा क्रेडिट कार्डको कारोबार १२ हजार ८७३ ले बढेको छ । असोजमा क्रेडिट कार्डको प्रयोगबाट एक लाख २८ हजार ४८० पटक कारोबार भएको छ भने, कात्तिकमा एक लाख ४१ हजार ३३३ पटक कारोबार भएको छ ।
एक महिनामा कारोबार रकम पनि बढेको छ । असोजको तुलनामा कात्तिकमा पाँच करोड ६० लाख रुपैयाँले कारोबार बढेको छ । असोजमा ७६ करोड रुपैयाँको कारोबार भएको थियो । कात्तिकमा ८१ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित: ७ पुष २०७७, मंगलवार