सीसी क्यामरा आपराधिक घटनाको अनुसन्धानमा सहयोगी

  • Technology Khabar | २५ मंसिर २०७७, बिहीबार
सीसी क्यामरा आपराधिक घटनाको अनुसन्धानमा सहयोगी
फाइल तस्बिर

काठमाडौं ।

नेपालगञ्ज उपमहानगरका विभिन्न स्थानमा जडान गरिएका सीसी क्यामराको सहयोगले विभिन्न आपराधिक घटनाको अनुसन्धानमा सफलता मिल्दै आएको छ ।

नेपालगञ्जमा हुने विभिन्न घटना तथा दुर्घटनाको अनुसन्धानमा नगरका विभिन्न स्थानमा जडान गरिएका सीसी क्यामरा निकै सहयोगी सावित भएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

सीसी क्यामराकै सहयोगमा दुईवटा अटोरिक्सामा छुटेका दुई जनाको ११ लाख ४० हजार रुपियाँ प्रहरीले २४ घण्टाभित्रै बरामद गर्न सफल भएको उनले बताए।

भारतमा काम गरी घर फर्किने क्रममा दाङको घोराही–५, धर्नाका ५४ वर्षीय दत्तबहादुर नाथको झोलामा रहेको नगद सात लाख ४० हजार रुपियाँ नेपालगञ्ज–१४ का देशराज बर्माको भे १ ह ५०१९ नम्बरको अटोरिक्सामा छुटेकोमा २४ घण्टा नबित्दै पत्ता लागेको प्रहरी प्रमुख रानाले बताए ।

अटोरिक्साका चालक बर्माले आफूले पनि सो रकम फिर्ता गर्ने तयारी गरिरहेकै बेला प्रहरीको फोन आएपछि रकम फिर्ता गरेको बताए ।

यसैगरी, बाँके बैजनाथ–३ की राधिका विकको बनियाभार जाने क्रममा अटोरिक्सामा छुटेको चार लाख रुपियाँ पनि प्रहरीले सीसी क्यामराको सहयोगमा २४ घण्टाभित्रै पत्ता लगाएको थियो विकले आफूले पैसा पाउने आशा मारिसकेको भए पनि प्रहरीले नयाँ प्रविधिको प्रयोगबाट पैसा फेला पारेर फिर्ता गरेको बताईन ।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले भने, ‘सीसी टीभी नभएको भए फेला पर्न सम्भव थिएन ।’ आजको गोरखापत्रबाट

प्रकाशित: २५ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार