Technology Khabar १५ मंसिर २०७७, सोमबार
काठमाडौं ।
पृथ्वीको कक्षमा लगभग २,८०० प्रत्यक्ष भूउपग्रह (स्याटेलाइट) हाल वरिपरि घुमिरहेका छन्। त्यो संख्या निकै धेरै हो, तर यो बन्द भएका वस्तुहरूको मात्राको तुलनामा बिल्कुलै केहि पनि होईन् । जहाँ ‘एकेए स्पेस जंक’ले पनि यसको साथमा विश्वलाई परिक्रमा गरिरहेको छ।
वैज्ञानिकहरूको अनुमान छ कि लगभग ३,००० मृत स्याटेलाइटहरु अहिले पनि हाम्रो ग्रहको परिक्रमा गरिरहेछन्, जुन १० सेन्टिमिटर भन्दा कम लम्बाईको ९ लाख अन्य फोहोर टुक्राको लागी प्रत्यक्षरुपमा सम्बन्धित छैनन्, तर पनि यसले यदि गलत स्याटेलाइटलाई गलत समयमा ठोक्यो भने सम्भवतः यसले विनाश निम्त्याउन सक्छ ।
वैज्ञानिकहरू र ईन्जिनियरहरू समस्याको समाधानका लागि कडा मेहनत गरिरहेका छन्, तर युरोपियन अन्तरिक्ष एजेन्सी (इएसए) हाल अझ विचित्र समाधान मध्ये कुनै एक कार्यान्वयनको शुरुवात चरणमा छ:- एक विशाल स्पेस पञ्जा (क्लो)- जसले ठूलाठूला उपग्रहहरूलाई समातेर पृथ्वीको कक्षमा फिर्ता लैजानेछ। त्यस्तो वातावरण जहाँ दुबै स्याटेलाइट र पन्जा आफैंमा शान्तरुपले जल्न सक्छन्।
यो योजना सुरुमा २०१९ मा कल्पना गरीएको थियो, तर अब इएसएले आधिकारिक रूपमा स्विस स्टार्टअप क्लियरस्पेस एसएका साथ आफ्नो पहिलो फोहोर हटाउने अभियान, क्लियरस्पेस-१ लाई निर्माण गर्न र प्रक्षेपण गर्न एक सम्झौतामा हस्ताक्षर गरेको छ।
यस्तो पञ्जाको पहिलो लक्ष्य भेस्पा (भेगा सेकेण्डरी पेलोड एडाप्टर) हो जुन अहिलेपनि पृथ्वीको परिक्रमा गरिरहेछ, यसले सन् २०१३ मा इएसए भेगा रकेट प्रक्षेपण गर्न मद्दत गरेको थियो ।
इएसएले मिसनको लागतको लागी ८६ मिलियन यूरो योगदान गरीरहेको छ। यसका साथै यो अपेक्षा गरिएको छ कि क्लियरस्पेसले बाँकी रकम उठाउनेछ किनकि यसले अन्तरिक्षबाट फोहोर हटाउने एक दीर्घकालीन व्यवसाय गर्ने प्रयास गर्दछ।
क्लियरस्पेस एसएले सन् २०२५ मा आफ्नो पहिलो मिशन सुरु गर्ने आशा गरिएको छ । एजेन्सी
प्रकाशित: १५ मंसिर २०७७, सोमबार