
काठमाडौं ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लाई नेपाल राष्ट्र बैंकले ‘नेशनल पेमेन्ट स्वीच’ सञ्चालन गर्न अनुमति दिएको छ । केही दिन अघि मात्रै एनसीएचएलले स्वीच सञ्चालनको स्वीकृति पाएको हो।
स्वीच स्थापना भएपछि भिजा, युनियन पे, मास्टरकार्ड जस्तै नेपालको आफ्नै छुट्टै पेमेन्ट कार्ड जारी हुनेछ।
नेपाल क्लियरिङ हाउस नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्थाहरुको लगानीमा स्थापना भएको कम्पनी हो ।
एनसीएचएलले एनसीएचएल इसीसी, एनसीएचएल आइपीएस कनेक्ट आइपीएस ईपेमेन्ट, कनेक्ट आरटीजीएस र एनपीआई प्रणालीहरु सञ्चालन गर्दै आएको छ।
प्रकाशित: १५ मंसिर २०७७, सोमबार