
काठमाडौं ।
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले विट्सा ग्लोबल आईसीटी एक्सलेन्स अवार्ड समारोहमा ‘डिजिटल अपर्चुनिटी इन्क्लुजन मेरिट’ पुरस्कार प्राप्त गरेको छ ।
२०२० टेकफेस्ट प्रत्यक्षको दोस्रो दिन आयोजित रोड-टू-डब्ल्यूसीआईटी मलेशिया हाइब्रिड इभेन्टमा, वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एन्ड सर्भिस एलाइन्स (विट्सा)ले विभिन्न क्षेत्रका पुरस्कार घोषणा गरेको थियो ।
नेपालको कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याएबापत उक्त पुरस्कार प्राप्त भएको वर्ल्डलिङ्कले जनाएको छ ।
वर्ल्डलिंक कम्युनिकेसनका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने, “डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो ठूलो सम्मान हो। हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना-कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउन डिजिटल प्लेटफर्म उपलब्ध गराउने कार्य गर्दैछौं। ”
विश्व सूचना प्रविधि र सेवा अलायन्स (विट्सा) ग्लोबल आईसीटी उद्योगको अग्रणी मान्यता प्राप्त अन्तर्राष्ट्रिय मन्च हो, जसका ८० भन्दा बढी देश र अर्थव्यवस्थाका सदस्यहरूले विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछन्।
प्रकाशित: १५ मंसिर २०७७, सोमबार