
काठमाडौं ।
सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना ल्याएको छ ।
बैंकका ग्राहकहरुका लागि “अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्” नारा सहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने योजना सार्वजनिक गरेको हो।
यो योजनाअनुसार १५ मंसिर देखि २२ मंसिर २०७७ सम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध हुनेछ ।
यसको लागि ग्राहकहरुले https://cardrequest.sanimabank.com/credit-card/online-application बाट आवेदन दिन सकिनेछ ।
यस अवधिमा अनलाइनबाट क्रेडिट कार्ड आवेदन दिनुहुने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्डका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुबिधा पाउन सक्नेछन् ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको जनाएको छ।
प्रकाशित: १४ मंसिर २०७७, आईतवार