
काठमाडौं ।
अटो मेकर कम्पनी फोर्डले आफ्नो ट्रान्जिट भ्यानको विद्युतीय संस्करण निर्माण गर्न कान्सास सिटी कारखानामा १०० मिलियन डलर लगानी गरिरहेको घोषणा गरेको छ। सो नयाँ कारखानाबाट उत्पादित भ्यान यसै साताको अन्त्यमा लन्च हुनेछ ।
अटोमेकर आफ्नो पहिलो ठूलो विद्युतीकरणलाई दह्रोरुपमा अगाडी लाने क्रमको बीचमा रहेको छ ।जसमा मस्टाङ्ग माच-ई अहिले डिलरशिपमा आउँदैछ, त्यसैगरि एफ १५० मा काम भईरहेको छ भने अब ई-ट्रान्जिटको अनावरण गर्न लागेकोछ।
फोर्ड बिहीबार बिद्युतीय भ्यान अनावरण गर्ने योजनामा छ, तर यसै बीचमा, अटोमेकरले विद्युतीय संस्करण उत्पादन गर्न यसको कन्सास सिटी एसेम्ब्ली प्लान्टमा १० करोड डलरको लगानी घोषणा गर्दैछ ।
सो कारखानामा १५० पूर्णकालिन कामदारहरु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार ई-ट्रान्जिट सन् २०२१ को अन्त्यमा आउनेछ भने इलेक्ट्रिक एफ १५० सन् २०२२ मा आउनेछ । एजेन्सी
प्रकाशित: २६ कार्तिक २०७७, बुधबार