साइबर ब्यूरोले भन्यो- फेसबुक ह्याक भएको भन्दै नग्न फोटो वा भिडियो मागेमा तत्काल खबर गर्नुस्

  • Technology Khabar | १२ कार्तिक २०७७, बुधबार
साइबर ब्यूरोले भन्यो- फेसबुक ह्याक भएको भन्दै नग्न फोटो वा भिडियो मागेमा तत्काल खबर गर्नुस्

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले आफ्नो संस्थाको नाम सामाजिक संजालमार्फत दूरुपयोग गरिएको भन्दै सबैलाई सतर्क हुन भनेको छ।

साइबर ब्यूरोले हालै सार्वजनिक सूचना जारी गर्दै ‘साइबर क्राईम डिपार्टमेन्ट’बाट फोन गरेको भनेर फेसबुक ह्याक भएको बताउने गरेको भन्दै सचेत हुन भनेको हो ।

‘ल्याण्डलाईन, मोबाईल फोन नम्बरहरुमा अननोन, प्राइभेट वा कुनैपनि नदेखिने नम्बर तथा सामाजिक संजाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर साइबर क्राईम डिपार्टमेन्टबाट बोलेको हो तपाईँको फेसबुक ह्याक भएको छ, अश्लिल फोटो, भिडियोहरु सामाजिक संजालमा भाईरल भईरहेको छ, हामीले एक पटकको लागि त्यसो हुनबाट रोकिदिएका छौं तर भेरिफिकेसनको लागि तपाईँले आफ्नो नग्न फोटो, भिडियो पठाउनुहोस्,’ भनेर भन्ने गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रवक्ता नविन्द्र अर्यालकाअनुसार त्यसरी भनेर त्यस्तो नग्न फोटो तथा भिडियोहरु ईमेल, सामाजिक संजाल फेसबुकको मेसेन्जरमा पठाउन लगाउने र त्यसपछि उक्त ईमेल फेसबुकको आईडी, मेसेन्जर डिएक्टिभेट गर्ने गरेको उजुरी ब्यूरोमा प्राप्त भएको छ ।

त्यसरी प्रविधिको दूरुपयोग गरी गरिएका गैर जिम्मेबारी तथा ऐन कानून विपरीत कार्यप्रति सजग हुन ब्यूरोले सबैलाई भनेको छ ।

त्यसैगरि आफ्ना कुनैपनि व्यक्तिगत विवरणहरु उपलब्ध नगराउन तथा त्यस्तो कार्य भए गरेको पाईएमा तत्काल ब्यूरोमा वा प्रहरीलाई खबर गर्न समेत अनुरोध गरेको छ ।

प्रकाशित: १२ कार्तिक २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार