Technology Khabar १२ कार्तिक २०७७, बुधबार
काठमाडौं ।
नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले क्लिनफिड च्यानलको रुपमा आईपिएल प्रशारण गर्ने च्यानल उपलब्ध गराएको छ ।
कम्पनीले सरकारले लागू गरेको क्लिन फिडको नीतिलाई पालना गर्दै क्लिन फिड च्यानलको रुपमा स्टार स्पोर्ट्स १ नेपालमा शुरु गरेको छ ।
कम्पनीका एक अधिकारीले आजैदेखि डिशहोममा उपभोक्ताहरुले सिधारुपमा आइपिएल म्याचहरु लाइभ हेर्न सक्ने जानकारी दिए ।
उनकाअनुसार स्टार स्पोर्टसले नै सिधै डिशहोमलाई क्लिनफिड च्यानल उपलब्ध गराएको हो ।
डिशहोमले प्रसारण रोकिँदा आईपीएलका फ्यानहरुमा परेको असरप्रति आफूहरु दुखित रहेको बताउँदै अब प्रत्यक्ष खेल हेर्न सकिने जानकारी दिएको छ ।
सिस्टमलाई कन्फिगर गरी ‘क्लिन फिड’ सहित प्रसारण गर्नसक्ने अवस्थामा आफूहरु पुगेको बताउँदै कम्पनीले अरु च्यानलहरु पनि क्रमशः प्रसारण गर्दै जाने उल्लेख गरेको छ ।
डिशहोमका मुलुकभर १५ लाख भन्दा बढि सक्रिय उपभोक्ता छन् ।
प्रकाशित: १२ कार्तिक २०७७, बुधबार