फोरजीमा अपग्रेड गराउन ग्राहकलाई लोभ्याउँदै नेपाल टेलिकम, मोबाइल एपमा पनि थप डाटा दिँदै

  • Technology Khabar | २८ आश्विन २०७७, बुधबार
फोरजीमा अपग्रेड गराउन ग्राहकलाई लोभ्याउँदै नेपाल टेलिकम, मोबाइल एपमा पनि थप डाटा दिँदै
नेपाल टेलिकमको फोरजी सेवाको लोगो । फाइल तस्बिर

काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो मोबाइल एपको प्रयोग र फोरजीमा स्तरोन्नतीलाई व्यापक बनाउने उद्धेश्यका साथ पहिलो पटक एप डाउनलोड गर्ने तथा फोरजी सिमकार्डमा स्तरोन्नती गर्ने सेवाग्राहीलाई ५०० एमबीसम्मको डाटा दिने भएको छ ।

यसअघि १०० एमबी मात्र डाटा दिँदै आएको कम्पनीले एपको प्रयोगलाई समेत ब्यापक बनाउने उद्धेश्यका साथ ५०० एमबी डाटा दिन लागेको हो ।

कम्पनीकाअनुसार २०७७ कात्तिक १ गतेबाट नेपाल टेलिकम एप पहिलो पटक डाउनलोड गर्दा ५०० एमबी डाटा एक पटकका लागि निशुल्क प्राप्त हुनेछ ।

यसैगरी *444# डायल गरी फोरजी सेवामा सिमकार्ड स्तरोन्नती गर्दा एक पटकका लागि ५०० एमबी (सबै नेटवर्कमा) र थप ५०० एमबी डाटा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने गरी निःशुल्क प्राप्त हुनेछ ।

कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहकहरुलाई आकर्षित गर्न डाटा थप गरिएको बताए । ‘अहिले चाडवाडको लागि मात्र भनेर ल्याएका छौं आगामी दिनमा त्यसलाई बिस्तार समेत गर्न सकिनेछ,’ उनले भने ।*

यसबाहेक कम्पनीले अनलाइन कक्षालाई ध्यानमा राखेर ल्याएको ह्याप्पी लर्निङ प्याक अब सबैका लागि उपलब्ध गराएको छ ।

टेलिकमले यसअघि विद्यार्थीहरुका लागि मात्र उपलब्ध रहेको सो प्याक सबैले लिन सकिने बताएको हो । साथै सो प्याक लिनका लागि सम्बन्धित निकायको सिफारिश आवश्यक पर्ने व्यवस्था समेत हटाइएको जनाएको छ ।

*अपडेट

प्रकाशित: २८ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार