भारतीय ईकमर्श फ्लिपकार्टले उत्सवको लागि ५० हजार किराना स्टोरबाट डेलिभरी गर्ने

  • Technology Khabar | २५ भाद्र २०७७, बिहीबार
भारतीय ईकमर्श फ्लिपकार्टले उत्सवको लागि ५० हजार किराना स्टोरबाट डेलिभरी गर्ने

काठमाडौं ।

भारतीय ईकमर्श बजार फ्लिपकार्टले आगामी उत्सवको मौसममा ग्राहकहरुलाई डेलिभरी गर्न ८५० भन्दा बढी शहरहरुमा ५० हजार भन्दा बढी किराना स्टोरहरुलाई तयार पारेको बुधबार जानकारी दिएको छ ।

किराना कार्यक्रमअन्तरगत कम्पनीले दूर्गम र निकै टाढाका शहरहरु सुकिया (असम), अगरतला (त्रिपुरा) र कन्नूर (केरला) जस्ता ठाउँहरूमा विस्तार गरिएको बताएको छ ।

ईकमर्शलाई किराना र उपभोक्ताहरूलाई बढ्दो डिजिटल कमर्शसँग जोड्दै समावेशी बनाउने उद्धेश्यले नयाँ कार्यक्रम ल्याएको हो ।

फ्लिपकार्टले बताएअनुसार किराना स्टोरसँग उच्च उपभोक्ता सन्तुष्टि स्कोर छ र कार्यक्रमले उनीहरूलाई थप आम्दानी गर्ने अवसर प्रदान गर्दछ जबकि उपभोक्ता केन्द्रित सीपको निर्माण समेत गराउनेछ।

‘उनीहरूको ‘हाइपरलोकल’ उपस्थिति र फ्लिपकार्टको आविष्कारको संयोजनबाट यो कार्यक्रम मुलुकमा किराना इकोसिस्टमलाई सुदृढ पार्न ठूलो सक्षमकर्ता भएको छ,’ फ्लिपकार्टको ईकार्ट र बजारका वरिष्ठ उपाध्यक्ष अमितेश झाले भने।

गत वर्ष, किरानाले सामूहिक रूपमा फ्लिपकार्टको बिग बिलियन डेमा १० लाख भन्दा बढी ढुवानी वितरण गरेको थियो भने उपभोक्ताहरूलाई ईकमर्शको अनुभव प्रदान गरेको थियो।

भारतीय ईकमर्श बजार फ्लिपकार्टले नेपालमा पनि ईकमर्श प्लेटफर्म सस्तो डिलसँग साझाेदारी गरेको छ । जसअनुसार फ्लिपकार्टमा अर्डर गरेका सामाग्रीहरु समेत सस्तोडिलबाट मगाउन सकिन्छ भने ती सामाग्रीहरु सस्तोडिल प्लेटफर्ममा हेर्न समेत सकिन्छ ।

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...