भारतीय मोबाइल अपरेटर जियोका सस्ता एन्ड्रोइड स्मार्टफोनहरू बर्षको अन्त्यसम्म आइपुग्ने

  • Technology Khabar | २४ भाद्र २०७७, बुधबार
भारतीय मोबाइल अपरेटर जियोका सस्ता एन्ड्रोइड स्मार्टफोनहरू बर्षको अन्त्यसम्म आइपुग्ने

काठमाडौं ।

भारतीय बजारमा टेलिकम कम्पनीको रूपमा ठूला कम्पनीहरूलाई पराजित गरेपछि जियोले अब स्थानिय बजारमा स्मार्टफोन निर्माता कम्पनीहरूलाई हराउने योजना बनाएको छ।

रिलायन्स इंडस्ट्रीजको टेलिकम एकाई जियोले गूगलको एन्ड्रोइड प्लेटफर्ममा निर्माण हुने १० करोड कम लागतका स्मार्टफोनहरूको निर्माणका लागि आउटसोर्स गर्न खोज्दैछ ।

पछिल्लो रिपोर्टअनुसार रिलायन्स जियोले यसबर्षको अन्त्यसम्ममा १० करोड यूनिट सस्तो स्मार्टफोन ल्याउन सक्छ।

कम्पनीले यी स्मार्टफोनलाई डाटा प्याकका साथमा बजारमा उपलब्ध गराउनेछ, जुन २०२० डिसेम्बर वा अर्को वर्षको सुरूमा ल्याइने रिपोर्टमा उल्लेख छ।

भारतीय समाचार पत्र बिजनेस स्ट्यान्डर्डले स्रोतहरूलाई उद्धृत गरेअनुसार रिलायन्स जियो कम्पनीले कम लागतका स्मार्टफोनहरू गूगल एन्ड्रोइड प्लेटफर्ममा आधारित १० करोड यूनिट निर्माण गर्न तयारी गरिरहेको छ।

यसअघि रिलायन्स जियोका मालिक मुकेश अंबानीले जुलाईमा भनेका थिए कि गूगलले कम लागत ४जी वा ५जी स्मार्टफोनका लागि एन्ड्रोइड अपरेटिग सिस्टम ९ओएस० निर्माण गर्नेछ, जुन रिलायन्सले डिजाइन गर्नेछ।

अवश्य पनि जब जियोको नयाँ सस्तो एन्ड्रोइड ४जी र ५जी स्मार्टफोन बजारमा उपलब्ध हुनेछ, त्यसबेला चिनियाँ स्मार्टफोन निर्माता ब्रान्डहरु शाओमी, रियलमी, ओपो र भिभोले कडा चुनौतीको सामना गर्नेछन्।

ध्यान दिनुपर्ने कुरा के छ भने रिलायन्सले २०१७ मा यस्तै योजना प्रस्तुत गर्दै जियोफोन सुरू गरेको थियो । यो डिभाइसले प्रयोगकर्ताहरूलाई फिचर फोनमा इन्टरनेट सेवा प्रदान गर्दछ।

जियो फोनका हाल १० करोड प्रयोगकर्ताहरू छन्, ती मध्ये धेरै जसो पहिलो पटक यस फोनमा इन्टरनेट सेवा प्रयोग गरिरहेका छन्।

प्रकाशित: २४ भाद्र २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • २४ भाद्र २०७७, बुधबार