निर्मला पन्तलाई न्याय दिन माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक

  • Technology Khabar | १२ भाद्र २०७७, शुक्रबार
निर्मला पन्तलाई न्याय दिन माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक

काठमाडौं ।

बलात्कारपछी हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिनुपर्ने  माग गर्दै ह्याकरहरुले महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक गरेका छन् ।

भारतीय साइबर ह्याकरहरुको समूह इन्डियन साइबर ट्रुप्सले निर्मला पन्तको लागि न्याय माग गर्दै महिला जागरण तथा विकास केन्द्रको वेबसाइट ह्याक गरेको हो ।

जस्टिस फर निर्मला भन्दै सो वेबसाइटमा लेखिएको छ, ‘७५० दिनभन्दा बढी समय भइसक्दा पनि नेपाल सरकार अझै मौन छ,’ हामी निर्मला पन्तको लागि न्याय चाहन्छौं ।

अहिले भने सो साइट पुन संचालनमा आइसकेको छ।

यसअघि पनि भारत र नेपालबीच नक्साको विवादमा भारतीय ह्याकरहरुले नेपाली सरकारी र गैर सरकारी संस्थाका वेबसाइटहरु ह्याक गरेका थिए ।

प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार