एसईई विद्यार्थीहरुका लागि नेपाल टेलिकमको गिफ्टसहितको सिम कार्ड दिने अफर

  • Technology Khabar | २ भाद्र २०७७, मंगलवार
एसईई विद्यार्थीहरुका लागि नेपाल टेलिकमको गिफ्टसहितको सिम कार्ड दिने अफर

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले नेपाल टेलिकमले हालै एसईई पास गरेका विद्यार्थीहरुका लागि हरेक दिन गिफ्टसहितको सिम कार्ड दिने अफर ल्याएको छ ।

कम्पनीले ३० दिनसम्म उपलब्ध हुने एभ्रिडे गिफ्ट तथा रिचार्ज अफरअन्तरगत डाटा, भ्वाइस तथा एसएमएस उपलब्ध गराउने छ ।

एसईई दिएका विद्यार्थीले नयाँ सिम खरिद गरेको ३० दिनसम्म प्रत्येक दिन १सय एमबी डाटासहित कुल ३००० हजार एमबी डाटा, प्रतिदिन नेपाल टेलिकमको नेटवर्कमा १० मिनेट भ्वाइससहित ३०० मिनेट टकटाइम र पाँच वटा एसएमएस दैनिकसहित कुल १५० एसएमएस प्राप्त गर्नेछन् ।

यसका साथै एसईई विद्यार्थीले ५० रुपैयाँमाथिको हरेक रिचार्जमा एक वर्षसम्म ५०० एमबी डाटा, ५० मिनेट टकटाइम र ५० वटा एसएमएस प्राप्त गर्नेछन् ।

यो अफरको सुबिधा अहिले टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीले प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ।

यो सुबिधा लिनका लागि विद्यार्थीले एसईईको कार्ड, फोटो  र आईडी कार्ड लिएर नजिकको टेलिकम अफिसमा सम्पर्क गर्न टेलिकमले अनुरोध गरेको छ ।

प्रकाशित: २ भाद्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...