डिजिटल सार्वभौमिकता सुदृढीकरणका लागि जर्मनीमा साइबर सुरक्षा एजेन्सी स्थापना

Technology Khabar ३० श्रावण २०७७, शुक्रबार

काठमाडौं ।

जर्मनीले देशको सुरक्षाको लागि साइबरथ्रेटहरूको विरूद्ध लड्न संघीय एजेन्सी शुरू गरेको छ।

हालै आएको रिपोर्टअनुसार पहिलो चरणमा सन् २०२३ सम्ममा ४१२ मिलियन डलरको प्रारम्भिक कोष प्राप्त गर्ने संस्थाको मुख्यालय हेलेको पूर्वी शहरमा हुनेछ, पछि दिर्घकालमा भने लाइपजिग र हेले एयरपोर्टमा सर्ने बताईएको छ।

जर्मनीको सत्तामा रहेका दलहरूको २०१८ को गठबन्धन सम्झौतामा यसको निर्माणमा सहमति भएको हो । एजेन्सीको काम साइबर सुरक्षा सम्बन्धी नवीन अनुसन्धानलाई समन्वय गर्नु हो र साइबरथ्रेट्स विरूद्ध लड्न व्यवहारिक दृष्टिकोणमा परिणत गर्नु हो।

जर्मन रक्षामन्त्री एनेग्रेट क्रैम्प करनबाउरले एजेन्सीको निर्माणलाई आईटी प्रणालीको संरक्षणको लागि माइलस्टोन भएको बताईन् ।

‘विशेष गरी डिजिटल सुरक्षाको क्षेत्रमा विचार र नवीन दृष्टिकोणको विकासमा हाम्रो विशेष प्रतिबद्धताको योग्य छ,’ उनले भनिन्।

संस्थामा करिब १०० व्यक्तिहरुले काम गर्नेछन्, जसको नेतृत्व कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) विज्ञ क्रिस्टोफ इगलले गर्नेछन्। एजेन्सीका साथ

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया