
काठमाडौं ।
कोरोना भाइरस महामारीले सामान्य मान्छेको जीवनशैली परिवर्तन गरेको छ। सबै ठाउँमा सामाजिक दूरी कायम राख्न सल्लाह दिइन्छ। यस संकटका बिच भारतमा गुजरातको बनसकथाका एक युवकले पानी पूरी उपलब्ध गराउने एटीएमको निर्माण गरेका छन् ।
भारतमा पानीपुरी निकै लोकप्रिय रहेको छ । तर कोरोना भाइरसको कारण, सामाजिक दूरी राख्नुपर्ने हुँदा मान्छेहरू सडकको कुनामा बेचिने चाट र पानी पुरीको स्वाद गुमाईरहेका छन् ।
तर अब त्यस्ता व्यक्तिहरूले सामाजिक दूरी कायम गरेर एटीएमबाट पानी पुरीको स्वाद लिन सक्दछन् ।
यो पानीपुरी एटिएम मेसिनले अन्य रकम झिक्न सकिने एटीएमको जस्तै काम गर्दछ। एटीएम जस्तै यसमा सुविधाहरू छन्।
तपाईँ यसमा राखिएका सुबिधाहरुको सहायताले पानीपुरी किन्न सक्नुहुन्छ। कोरोना संकटको बीचमा, यस प्रकारको मेशिन शुरु गरेर, तपाईं सामाजिक दूरीको अनुसरण गरेर फास्ट फूडको मजा लिन सक्नुहुन्छ।
पानीपुरी मेसिन तयार गर्ने एक युवकले यो मेसिन तयार गर्न ६ महिना लागेको जानकारी दिएका छन् । सो भेण्डिंग मेसिनमा विकल्प छनौट गरेर तपाईले मेसिनमा पैसा हाल्ने बित्तिकै, पानीपुरी स्वचालित रूपमा बाहिर आउँछ।
रकमको आधारमा मेसिनले तपाईँलाई तोकिएको पानीपुरी उपलब्ध गराउँछ ।
https://twitter.com/uptupic04/status/1278678099081625602
प्रकाशित: २१ असार २०७७, आईतवार