हराएका र चोरी भएका मोबाइल प्रहरीले भेटेर सम्बन्धित व्यक्तिलाई बुझायो

  • Technology Khabar | १८ असार २०७७, बिहीबार
हराएका र चोरी भएका मोबाइल प्रहरीले भेटेर सम्बन्धित व्यक्तिलाई बुझायो

काठमाडौं ।

नेपाल प्रहरीले सुनसरीमा हराएका तथा चोरी भएका विभिन्न ब्राण्डका मोबाइल सेट सम्बन्धित धनीहरुलाई फिर्ता गरेको छ।

ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको हो ।

आफ्ना मोबाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिव दश लाख अढतिस हजार एक सय रुपैयाँ बराबरका ४५ थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीहरुलाई बुझाएको हो।

ईलाका प्रहरी कार्यालय ईटहरीमा सिडिआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका अन्दाजी पचपन्न लाख छ्‍यासी हजार पाँचसय वीस रुपैयाँ बराबरको २३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रकाशित: १८ असार २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...