
काठमाडौं ।
डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उद्देश्यले खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेवपेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको प्रबर्धनात्मक योजना ल्याएको छ ।
यही असार १७ देखि ११ दिनसम्म चल्ने योजनामा ग्राहकले आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउने छन् । बिजेताको वालेटमा खल्तीले ग्राहकले पठाएजति नै रकम जम्मा गरिदिने बताएको छ।
विजेता नबन्नेहरूले आफूले पठाएजति रकम असार ३१ भित्र वालेटमै फिर्ता पाउने छन् । योजना अबधिमा १० रूपैयाँदेखी ५०० रूपैयाँसम्म पठाउनेको मात्र नगद दोब्बर हुने कम्पनीको दाबी छ।
योजनामा सहभागी हुनेले असार २७ सम्म आफ्नो ग्राहकको ब्यक्तिगत विवरण प्रमाणित गरिसक्नु पर्नेछ र प्रबर्धनात्मक योजनामा ‘खल्ती’ को सबै प्रयोगकर्ता साथै एजेन्टहरू पनि सहभागी हुनसक्ने छन् । ११ दिनको अबधिमा रकम पठाउनेमध्ये ५० जना बिजेताको घोषणा असार २८ मा हुनेछ ।
विजेतालाइ ग्राहकहरूले पठाएको रकममा त्यती नै रकम (अधिकतम रु. ५०० मात्र) थपेर ‘खल्ती’ले विजेताकै खातामा उपलब्ध गराउनेछ र बिजेता नबन्ने सबै सहभागीहरुको रकम खल्तीले असार ३१ भित्र उनीहरूको डिजिटल वालेटमै फिर्ता गरिदिनेछ र यस योजनामा खल्तीका प्रयोगकर्ता हरेकले जति पटक पनि सहभागिता जनाउन पाउनेछन् र खल्तीका प्रयोगकर्ताले एसएमएसमार्फत अफलाइन कारोबार पनि गर्न सक्ने छन् ।
‘हामीले नगदको सट्टा डिजिटलमाध्यमबाट कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गर्न योजना ल्याएका हौं । सबै खल्ती प्रयोगकर्ताले योजनामा सहभागी भएर मौकाको फाइदा उठाउनुहोस् भन्ने आग्रह छ,’ खल्तीका सहायक प्नबन्धक अनिल कार्कीले भने।
खल्तीले आफ्नो नारा ‘डिजिटल नेपाल, समृद्भिको महाअभियान’ बनाएको छ ।
प्रकाशित: १८ असार २०७७, बिहीबार