
काठमाडौं ।
सामसङले नेपाली बजारमा केहि स्मार्टफोनको बजार मूल्य कटौती गरेको छ । कम्पनीले हालै ग्यालेक्सी नोट सिरिज र ए सिरिजका डिभाइसहरुको मूल्य कटौती गरेको छ।
यसअन्तरगत सामसङले ग्यालेक्सी नोट१० लाइटको बजार मूल्य ८ हजार ६ सय रुपैयाँ घटाएको छ । कम्पनीले यसअघि ६७ हजार ५९९ रुपैयाँमा बेच्दै आएको स्मार्टफोन हाल ५८,९९९ रुपैयाँमा बिक्री गर्ने भएको छ ।
नोट १० लाइटमा ६.७ इन्चको एसएमोलेड डिस्प्ले रहेको छ भने फोनमा ४,५०० एमएएच ब्याट्री र एस पेन सपोर्ट रहेको छ।
यसका साथै कम्पनीले ए सिरिजमा २ वटा मोडलहरुको मूल्य घटाएको छ । ग्यालेक्सी ए७१ को मूल्य ३ हजार ६०० रुपैयाँ घटाएको छ भने ग्यालेक्सी ए५१ को मूल्य १,३०० रुपैयाँ कम गरेको छ ।
सामसङकाअनुसार ग्यालेक्सी ए७१ को नयाँ मूल्य ४९ हजार ९९९ रुपैयाँ तोकेको छ भने ए ५१को नयाँ मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकेको छ।
कम्पनीले ट्याब ए १०.१ को मूल्य २ हजार रुपैयाँ कम गर्दै अब बजारमा ३२ हजार २९९ रुपैयाँमा बिक्री गर्ने भएको छ।
यो पनि हेर्नुस्-
ग्यालेक्सी एस १० र ग्यालेक्सी नोट १० अब सस्तो मूल्यमा पाईने, सामसंगले घोषणा गर्यो लाइट भर्सन
प्रकाशित: १७ असार २०७७, बुधबार