Technology Khabar ४ असार २०७७, बिहीबार
काठमाडौं ।
गृह मन्त्रायलको सर्ट म्यासेज सर्भिस (एसएमएस) सेवामा ह्याक भएको छ । सो सेवामा अनधिकृत व्यक्तिले पहुँच पुर्याएको गृह मन्त्रालयले जनाएको छ ।
बुधबार गृहको एसएमएस सेवाबाट अनधिकृत रुपमा भारत–चीन सीमा विवादबारे एसएमएस प्रवाह भएको बताईएको छ ।
मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केदारनाथ शर्माले बुधबार दिउँसो करिब दुई बजे मन्त्रालयको एसएमएस प्रणालीमा ह्याकरले अनधिकृत रुपमा पहुँच पुर्याएको बताएका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उनले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेषण नभएको जानकारी दिएका छन्।
‘यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान कार्य सुरु गरिएको छ । उक्त सूचनाको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’ उनले भनेका छन् ।
सो विषयमा प्रहरीको साइबर ब्युुरोले अनुसन्धान गरिरहेको बताईएको छ ।
यसअघि ह्याकरहरुले नेपाल–भारत सीमा विवाद हुँदा दुई मुलुकका वेवसाइट ह्याक गर्ने प्रतिष्पर्धा चलेको थियो । तर अहिले त्यस्तो छैन् ।

प्रकाशित: ४ असार २०७७, बिहीबार