टिकटकले भ्रामक र गलत समाचार विरुद्ध यूरोपसँग मिलेर लडाई गर्ने

  • Technology Khabar | २९ जेष्ठ २०७७, बिहीबार
टिकटकले भ्रामक र गलत समाचार विरुद्ध यूरोपसँग मिलेर लडाई गर्ने

काठमाडौं ।

चिनियाँ भिडियो एप टिकटकले यूरोपमा ‘फेक’ समाचारहरुका विरुद्धमा कदम चाल्ने भएको छ । कम्पनीका नयाँ सिईओ केभिन मायेरले हालै ईयूका डिजिटल प्रमुख थिएरी ब्रेटनसँग कुराकानी गर्दै भ्रामक सूचना र जानकारीहरुका विरुद्धको लडाईमा सक्रिय सहभागी हुने बताएका छन् ।

ईयूका डिजिटल प्रमुख थिएरी ब्रेटन पछिल्लो २ महिनादेखि फेसबुकका सिईओ मार्क जूकरवर्ग, गूगलका सिईओ सुन्दर पिचाई, एप्पलका सिईओ टिमकुक र ट्विटरका सिईओ ज्याक डोर्सीसँग भिडियो कन्फरेन्समा रहँदै फेक न्यूज र अन्य विषयहरुमा छलफल गरिरहेका छन् ।

हालै टिकटकका सिईओ मायेरसँग पनि उनले भिडियो च्याट गरेका थिए ।

उनले मायेरसँगको कुराकानी राम्रो भएको भन्दै त्यसले भ्रामक जानकारीहरु विरुद्ध टिकटकको भूमिका खेल्न सहयोग गर्ने बताए ।

चीनको कम्पनी बाइटडान्सको अधिनमा रहेको टिकटकले यूजर्सलाई छोटो भिडियोहरु शेयर गर्न सहयोग गर्दछ । यो विशेषगरि अहिलेको कोभिड १९ को महामारीमा निकै लोकप्रिय रहेको छ ।

हालै मात्र यसमा प्राइभेसीको विषय र बालबालिकाको विरुद्ध प्रयोग भएको आवाजहरु उठिरहेको छ । त्यस्तै यो चीनको सरकारसँग नजिक भएको आरोप पनि लाग्दै आएको छ ।

यूरोपमा फेक न्यूज रोक्नका लागि सन् २०१८ मा जारी गरिएको स्वेच्छिक आचार संहितालाई गूगल, फेसबुक, ट्विटर र मोजिल्ला सदस्य रहेका छन् । जसले सो आचार संहितालाई कडारुपमा पालना गर्न हस्ताक्षर गरेका छन् । एजेन्सी

प्रकाशित: २९ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार