
काठमाडौं ।
सरकारले गत वर्षदेखि काठमाडौं उपत्यका र शहरहरुलाई सौन्दर्यीकरण गर्ने काम गरिरहेको छ । जसमा सबैभन्दा पहिले बिजुली, इन्टरनेट र केबल टिभी सेवाका तारहरुलाई व्यवस्थित गर्ने क्रम शुरु गरिएको थियो ।
चीनका राष्ट्रपति नेपाल आउँदा तारहरुलाई व्यवस्थित गर्ने कार्य उत्सर्गमा पुगेकामा सो कार्य हाल भने ठप्प प्रायः नै छ ।
उता लकडाउनले गर्दा घरमा नै रहेका मानिसहरु भने टेलिफोन र इन्टरनेटको खपत अन्य सामान्य दिनको तुलनामा अधिक गरिरहेका छन्।
तारहरुको समुचित व्यवस्थापन हुन नसक्दा समय/समयमा पोलहरु लड्ने र दूर्घटना हुने जोखिमसमेत रहेको छ ।
विकास निर्माणमा टेलिफोन, विजुली र इन्टरनेटको तारहरुले समस्या दिने गरेको र त्यसलाई पहिले व्यवस्थापन गरेर मात्र निर्माणको काम गरिने गर्दै आईएको देखिन्छ ।
दूरसञ्चार पूर्वाधार बनाउन सरकारले पूर्वाधार कम्पनी ल्याउने भनेपनि अहिलेसम्म ठोस काम हुन सकेको छैन् । न त इन्टरनेट सेवा प्रदायकहरुले आफैं तारहरुको व्यवस्थापन गर्न सकेका छन् ।
सरकारकै मुख्य प्रशासनिक निकायकै छेउमा पैदल यात्रुहरुको लागि बाटो काट्नका लागि बनाईएको यो आकाशे पुल हेर्दा भने कसरी बाटो काट्ने भन्ने चिन्ता हुनसक्छ।
हेरौं तारहरुको व्यवस्थापन नै नगरि रामशाहपथमा स्वास्थ्य मन्त्रालय अगाडि निर्माणा सम्पन्न हुन लागेको आकाशे पुल र तारको भद्रगोलको फोटो फिचर-





प्रकाशित: २७ जेष्ठ २०७७, मंगलवार