काठमाडौं ।
काठमाडौं । च्याटिंङ्ग एप ह्वाट्सएप पुरा विश्वभर एन्ड्रोएड मोबाइलमा मात्रै पाँच अर्ब भन्दा बढी इन्स्टल भएको छ। पाँच अर्ब डाउनलोड पार गर्ने यो दोस्रो नन गूगल अर्थात गूगलले बनाएको नभई छुट्टै कम्पनीको एप हो । अहिलेसम्म केहि एप्सले मात्रै यस्तो आंकडालाई पार गरेका छन्।
५ बिलियन भन्दा बढी इन्स्टल हुने एप्समा धेरै गूगलको एप्स रहेका छन् । फेसबुकले गत वर्ष मात्रै यस आंकडालाई पार गरेको थियो । जुन यस आंकडा पार गर्ने पहिलो नन गूगल एप्स हो । अब फेसबककै स्वामित्वमा रहेको ह्वाट्सएपले पनि यो आंकडालाई पार गरेको छ ।
स्मरण रहोस जतिपनि एप्सले यस आंकडा पार गरेको छ, त्यसमध्ये धेरैजसो एप्स डाउनलोड गरिएको नभई यि एप्स एन्ड्रोइड फोनमा पहिले नै इन्स्टल भई आएका हुन्छन् ।
मिडीया रिर्पोटको अनुसार विश्वमा मानिसहरुको लागी ह्वाट्सएप कम्युनिकेशनको पहिलो साधन बनेको छ ।
प्रकाशित: ५ माघ २०७६, आईतवार