ताजा समाचार

विश्वभर आईटी क्षेत्रमा हुने खर्च सन् २०२० मा ३.९ अर्ब डलर पुग्ने प्रक्षेपण

विश्वभर आईटी क्षेत्रमा हुने खर्च सन् २०२० मा ३.९ अर्ब डलर पुग्ने प्रक्षेपण
Global IME Bank

काठमाडौं । सन् २०२० मा विश्वभर आईटीको क्षेत्रमा करिब ३.९ खर्ब डलर खर्चहुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा ३.४ प्रतिशतको वार्षिक वृद्धि हुँदै सन् २०२० मा ३.९ खर्ब डलर पुग्ने प्रक्षेपण गार्टनरले गरेको छ ।

अनुसन्धान संस्थाकाअनुसार अर्को वर्षमा भने विश्व बजारमा आईटिमा हुने खर्च ४ खर्ब डलर पुग्ने अनुमान छ ।

यदपी राजनीतिक अनिश्चितताले गर्दा विश्व अर्थतन्त्र मन्दिको नजिक छ, जुन सन् २०१९ मा देखिएन र अझै यसको प्रभाव २०२० र त्यसपछि देखिने विश्लेषण गरिएको छ ।

यो वर्ष आईटि व्यवसायमा सफ्टवेयर तिब्र गतिमा बढिरहेको बजार हुनेछ र यसको वृद्धिदर दोब्बर अंकमा पुग्दै १०.५ प्रतिशतले बढ्नेछ ।
अधिकांश इन्टरप्राइजेस सफ्टवेयरका साथमा अधिकांश बजार हिस्सालाई सफ्टवेयरलाई सेवाको रुपमा स्विकारोक्तिले बढाउने गार्टनरका रिसर्च भाइस प्रेसिडेन्ट डेभिड लभलकले बताए ।

सन्२०२० सम्ममा क्लाउडका लागि हुने इन्टरप्राइजेज आईटि खर्च परम्परागत आईटि भन्दा तिब्रगतिले वृद्धि हुने गार्टनरको ठहर छ ।

क्लाउड प्रतिको लगावले गर्दा संस्थाहरुले गर्ने उच्च आईटि क्षेत्रको खर्चमध्ये क्लाउडमा हुनेछ र यसले नयाँ पुस्ताको अभिरुचीलाई देखाउनेछ । यसबाहेक डिस्रप्टिभ बिजनेस मोडलहरु विकास हुनेछन् ।

गएको चौमासिकमा सबै सेगमेन्टहरुमा डिभाइस मार्केटको तिब्ररुपमा घटेको भएता पनि नयाँ, इमर्जिङ्ग मुलुकहरुबाट कम खर्चिलो फोनहरुहरुको प्रयोगमा वृद्धिसँग यो सन् २०२० मा समग्रमा फर्किने छ ।

समग्रमा १० अर्ब अमेरिकी डलर चीनमा र एशिया प्यासिफिकका बढ्दो बजारहरुमा डिभाइसका लागि खर्च हुनेछ र यो पश्चिम युरोप र ल्याटिन अमेरिकाको घट्दो दरभन्दा अधिक हुने गार्टनरको भनाईछ ।

Sajilo Visa
easy care