
काठमाडौं ।
काठमाडौं । अनलाइनबाट फुड डेलिभरी गर्ने कम्पनी फुडमाण्डुले अहिले आफ्नो अनलाइन प्लेटफर्ममा फुड फेस्टिवल आयोजना गरिरहेको छ । एन्ड्रोयड र आईओएस मोबाइल एप प्रयोगकर्ताहरुले फुड अर्डर गर्नका लागि महोत्सवको रुपमा अनलाइन फुड फेस्टिवलमा सहभागी हुन सक्नेछन् ।
हामीले पनि यो पटक अनलाइन फुड फेस्टिवलको अनुभव लिने प्रयास गर्यौ र सोहि आधारमा यहाँ कसरी खानेकुराहरु सहज र सजिलोसँग फुडमाण्डुको अनलाइन फुड फेस्टिवल २०२०मा अर्डर गर्न सकिन्छ भनेर जानकारी दिने प्रयास गर्दैछौं । यसबाहेक हामीले अत्याधुनिक प्रविधिको समेत अनुभव गयौं जुन यो आर्टिकलको अन्त्यमा उल्लेख गरेका छौं ।
यसको लागि तपाईँको स्मार्टफोनमा फुडमाण्डुको मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । सो एप चलाउन तपाईँले कुनैपनि किसिमको लगइन गर्नुपर्दैन् । तर तपाईँसँग केहि अनुमतिहरु भने माग्दछ । जसमा लोकेसन, नोटिफिकेसन रहेका छन् । त्यसपछि भने तपाईँले फुडमाण्डु एपभित्र रहेको अनलाइन फुड फेस्टिवलको ट्याग देख्नुहुन्छ र त्यसमा ट्याप गर्नुपर्दछ।
यसमा ट्याप गर्नासाथ भित्र फुड फेस्टिवलको ब्यानरसहित एकजना व्यक्तिको चित्र देख्नुहुनेछ । सो व्यक्ति अरु कोई होईन्, तपाईँ हामी जसले एप प्रयोग गर्दछौं त्यसको प्रतिरुप हो ।
फ्ल्याश सेल
त्यसलाई भने तपाईँले म्यानुअल्ली बिस्तारै अगाडि बढाउँदै विभिन्न स्टलहरुमा जान सक्नुहुन्छ ।
जसमा सबैभन्दा पहिले आउँछ, फ्ल्याश सेल जहाँ क्लिक गरेपछि तपाईँले निश्चित समय तोकेर राखिएका विभिन्न फुड आइटम र तिनीहरुको रकम देख्नुहुन्छ । अर्थात तपाईँले तोकिएको समयभित्र सो फ्ल्याश सेलमा रहेका आइटमहरुको अर्डर गरिसक्नुपर्ने हुन्छ नत्र अर्को समयपछि पुन नयाँ आइटमहरु देखिन्छन् ।
सबै रु १ मा
फ्ल्याश सेलपछि आउँछ सबै रु १ मा भन्ने स्टल जुन अनलाइन फुड फेस्टिवलको सबैभन्दा लोकप्रिय र चर्चित सेगमेन्ट हो । यसमा ट्याब गरेपछि तपाईँ रु १ स्टलभित्र पुग्नुहुन्छ जहाँ हरेक सामाग्री रु. १ मा बिक्रीका लागि उपलब्ध छन् । र रु १ स्टलमा कम्तिमा १८ वटा छुट्टाछुट्टै रेष्टुरेन्टहरुको अफर देखिन्छ । तर यसमा तपाईँले रु.१ मा सामाग्री पाउनको लागि भने कम्तिमा ४०० रुपैयाँको अन्य खानेकुराहरु किनेको हुनुपर्दछ ।
मिस्ट्रि ब्याग
रु १ स्टलपछि भने अब पालो आउँछ, मिस्ट्रि ब्यागको । मिस्ट्रि ब्याग अर्थात विभिन्न खानेकुराहरु राखिएको ब्याग जसमा शाकाहारी र मांसाहारी खानेकुराहरु हुन्छन् । अर्डर गर्नेलाई ब्याग भित्र के छ भन्ने जानकारी नदिई एकैपटक सरप्राइज दिनका लागि राखिएका छन् र हरेक मिस्ट्रि ब्यागसँग अन्य केहि सामाग्री निशुल्क ग्राहकले प्राप्त गर्नसक्नेछन् ।
ह्विल अफ फच्र्यून
मिस्ट्रि ब्यागको लामो सूची हेरेपछि पालो आउँछ ह्विल अफ फच्र्यून जहाँ तपाईँले ट्राई एगेनसहित विभिन्न किसिमका डिस्काउन्टहरु प्राप्त गर्नसक्नुहुन्छ । यो खेल खेल्नका लागि भने तपाईँले बल्ल एपमा लगइन गर्नुपर्ने हुन्छ । यसको लागि फुडमाण्डु एपको लगइन यूजर नेम प्रयोग गर्न सक्नुहुन्छ वा फेसबुक तथा गूगल एकाउन्टबाट पनि लग इन गर्ने सुविधा दिईएको छ ।
ह्विल अफ फच्र्यूनलाई घुमाएर तपाईँले चाहेको डिस्काउन्ट प्रतिशत वा भौचरहरु प्राप्त गर्नसक्नुहुनेछ । तपाईँले यसलाई जतिपटक पनि घुमाउन सक्ने सुविधा फुडमाण्डुले दिएको छ । र यहाँ प्राप्त भएको डिस्काउन्ट कोड वा भौचरलाई तपाईँले फुड अर्डर गर्दा अन्तिममा कार्टमा प्रयोग गरेर निश्चित रकम छुट पाउन सक्नुहुनेछ ।
ह्विल अफ फच्र्यूनबाट अगाडि बढ्दा आउँछ डेलिभरी च्यालेन्ज गेम । सो गेममा ट्याब गरेर भित्र जानसकिन्छ । तर त्यहाँ अझैपनि कमिंग सुन अर्थात छिट्टै आउँदैछ भन्ने जानकारी मात्र देखिन्छ । र तपाईँले यो खेल्न पाउनुहुन्न् ।
फुड स्टलहरु
अब भने बल्ल पालो आउँछ अनलाइन फुड फेस्टिवलमा पहिलो पटक लन्च गरिएको अग्मेन्टेड रियालिटीको ।
अग्मेन्टेड रियालिटीको भन्दा अगाडि हामी यहाँ अन्तिम स्टल अर्थात फुड स्टलहरुको बारेमा बताउँछौं । तपाईँले फुड फेस्टिवलभित्र अन्तिम स्थानमा विभिन्न कम्पनीहरुका फुड स्टलहरु भेट्नुहुनेछ । जसको लागि फुड स्टल्समा ट्याब गर्नुपर्नेछ र भित्र जाँदा तपाईँले फुडमाण्डुको अनलाइन फुड फेस्टिवलमा सहभागी भएका सम्पूर्ण रेष्टुरेन्ट तथा कम्पनीहरुको छुट्टाछुट्टै स्टल हेर्नसक्नुहुन्छ भने आफूलाई मनपर्ने रेष्टुरेन्टको स्टलमा क्लिक गरेर उपलब्ध खानेकुराहरुको मेनू हेर्न सक्नुहुनेछ । जहाँ तपाईँले फुडफेस्टको लागि राखिएको मेनूदेखि कम्पनीले राखेका अन्य खानेकुराहरु समेत छनौट गर्न सक्नुहुन्छ ।
अग्मेन्टेड रियालिटीबाट भौचर हन्ट
अब यसअघि जानकारी दिएको अग्मेन्टेड रियालिटीतर्फ जाऔं । अग्मेन्टेड रियालिटीमा ट्याप गरेर यहाँ तपाईँले विभिन्न छुट राखिएका भौचरहरु प्राप्त गर्नसक्नुहुनेछ । यसमा ट्याप गरिसकेपछि तपाईँको स्मार्टफोनको क्यामरा सिधै अन हुन्छ र तपाईँले आफ्नो वरीपरी भएका विषयवस्तुहरु देख्न सक्नुहुनेछ । यहाँ भित्र पस्दा निकै रोचक देखिन्छ । यसभित्र गएपछि तपाईँले आफ्नो कोठा भित्रै वा छिमेक वरिपरि भएका विभिन्न सामाग्रीहरु क्यामराबाट हेर्दा देखिएजस्तै देखिन्छ र त्यहिँ कतै भौचर हेर्न सक्नुहुनेछ । जसमा ट्राई एगेनदेखि विभिन्न डिस्काउन्ट अफरहरु छन् ।
यदि तपाईँले आफ्नो स्मार्टफोनमा केहि समयअघि निकै चर्चामा रहेको पोकेमन गो गेम खेल्नुभएको छ र त्यहाँ विभिन्न विषयहरु खोज्न हिँडेको अनुभव छ भने यहाँ त्यसलाई मज्जाले प्रयोग गर्न सक्नुहुनेछ । पोकेमन गोमा धेरै स्थान र समय हिँडेर वस्तुहरु पत्ता लगाउनुपर्ने थियो तर फुडमाण्डुको अनलाइन फुड फेस्टिवलमा रहेको अग्मेन्टेड रियालिटीबाट भौचर प्राप्त गर्न भने निकै सजिलो रहेको छ ।
हामीले पनि अग्मेन्टेड रियालिटीको अनुभव गर्यौं र टेक्नोलोजीखबरको कार्यालयभित्र कुपन प्राप्त गर्यौ । जुन हाम्रो लागिपनि निकै रमाईलो थियो । तर अचम्मको कुरा के भने खोज्दा त्यहाँ एउटा मात्र भौचर कुपन भेटियो र त्यसमा ट्राई एगेन लेखिएको थियो ।
तर यो जानकारी रहोस कि अग्मेन्टेड रियालिटीको अनुभव गर्न सो सपोर्ट गर्ने स्मार्टफोनहरुमा मात्र काम गर्दछ । यसको लागि हाइ इण्ड स्मार्टफोनहरुमात्र उपयोगी हुन्छन् । हामीले पनि आइफोन एक्सएसमा अग्मेन्टेड रियालिटीको अनुभव लियौं ।
अब हामी फेरी अर्को पटक अग्मेन्टेड रियालिटी प्रयोग गरेर भौचर कुपन भेट्ने प्रयास गर्नेछौं । अत्याधुनिक प्रविधि र खानेकुराको अनुभव एकैसाथ भएन त मज्जा ।
अत्यमा, तपाईँलाई लाग्यो होला खानेकुराको स्वादको बारेमा किन लेखिएन् भनेर । किनकी यो आर्टिकल तयार पार्दासम्म हाम्रो अर्डर डेलिभरी भएको छैन् ।
अब तपाईँले पनि फुडमाण्डुको एप प्रयोग गरेर त्यहाँ आयोजना भईरहेको अनलाइन फुड फेस्टिवल २०२० भित्र गएर अग्मेन्टेड रियालिटीको अनुभव लिँदै खानेकुराहरुको अर्डर गर्ने होकी । छिटो गर्नुहोस् किनकी अब ५ दिन मात्र बाँकी छ ।
प्रकाशित: २२ पुष २०७६, मंगलवार