एनआईबिएल सहभागिता फण्डका इकाईहरुको खरिद बिक्रीका लागि वितरण केन्द्र नियुक्त

  • Technology Khabar | २२ पुष २०७६, मंगलवार
एनआईबिएल सहभागिता फण्डका इकाईहरुको खरिद बिक्रीका लागि वितरण केन्द्र नियुक्त

काठमाडौं ।

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक कोष प्रबद्र्धक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” का इकाईहरुको खरिद बिक्रीलाई सहजिकरण गर्नका लागि गुडविल फाईनान्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडलाई वितरण केन्द्र नियुक्त गरिएको छ ।

उक्त सम्झौतापत्रमा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा, गुडविल फाईनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधर र मुक्तिनाथ बिकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल प्रसाद गुरुङ्गले हस्ताक्षर गरे ।

गुडविल फाइनान्स तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट यहि मिति २०७६ माघ १ गते देखि “एनआईबिएल सहभागिता फण्ड” को ईकाइहरु लगानीकर्ताहरुले खरिद बिक्री गर्न सक्नेछन् ।

यस अघि सो योजनाका इकाईहरुको कारोवार नेपाल ईन्भेष्टमेण्ट बैंकका तोकिएका शाखा कार्यालयहरु तथा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालयहरुबाट मिति २०७६/०६/२७ गते देखि हुदैं आइरहेको बैंकले जनाएको छ ।

प्रकाशित: २२ पुष २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार