
काठमाडौं ।
काठमाडौं । अनलाइन भिडियो गेम फोर्टनाईटले गत वर्षको गेम अफ दि ईयर हात पारेको छ । ब्याटल रोयल भिडियो गेमले डिजिटल सेल्समा अधिक रकम कमाउँदै अन्य गेमहरुमध्ये सबैभन्दा धेरै रकम कमाउने भिडियो गेमको रुपमा पर्न सफल भएको हो ।
यसअघि सन् २०१८ मा पनि यो प्रमुख सूचीमा थियो, त्यतिबेला कम्पनीले एकै वर्षमा सबैभन्दा धेरै रकम आर्जन गर्ने गेम समेत बन्न पुगेको थियो ।
गएको वर्ष २०१९ मा, नेल्सनको भिडियो गेम आर्म सुपरडाटाअनुसार फोर्टनाइटले १.८ अर्ब डलरको बिक्री गरेका छ । तर यो रकम अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले कम हो । बिक्री आम्दानी घटेपनि फोर्टनाइट आफ्नो रिलिजको ३ वर्षको हाराहारीमा पहिलो स्थानमा नै रहेको छ ।
फोर्टनाइटले अन्य अर्बौ डलर आर्जन गर्ने अनलाइन गेमहरु क्याण्डि क्रश, पोकेमन गो, र डनगोन फाइटर अनलाइनभन्दा अगाडि रहेको छ । त्यस्तै यसले अन्य फ्रेन्चाईज गेमहरु, फिफा १९, कल अफ ड्यूटीः मोर्डन वारफेयरलाई पनि डिजिटल सेल्समा जितेको हो ।
गत वर्ष गेमिंग क्षेत्रमा १२० अर्ब डलर आम्दानी भएको थियो र यो अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले बढि भएको सुपरडाटाको तथ्यांकमा उल्लेख छ ।
फोर्टनाइटको निरन्तर हुने अपेडटहरु र यसको ब्याटल पास सब्सक्रिप्सन सर्भिसले गर्दा यसलाई अधिक प्लेयरहरु उपलब्ध भएको बताईएको छ । यो गेम प्लेयरहरुलाई ससक्तरुपमा खर्च गर्ने व्यक्तिहरुमा रुपान्तरण गर्न सफल भएको सूपरडाटाको रिपोर्टमा उल्लेख छ । एजेन्सी
प्रकाशित: २२ पुष २०७६, मंगलवार