कार्तिक महिनामा साढे ६९ करोड रुपैयाँ बढीको राउटर आयात
काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३/८४ को चौथो महिना कार्तिक मसान्तसम्म ६९ करोड रुपैयाँ भन्दा बढीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार ६९ करोड ९७ लाख २० हजार रुपैयाँ बराबरको राउटर आयात भएको हो।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको २ लाख २ हजार ११७ थान राउटर आयात भएको विवरणमा उल्लेख छ।
यो आयातबाट सरकारले १२ करोड ९७ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा ८ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट ६८ करोड ८० लाख ५० हजार रुपैयाँ बराबरको २ लाख १ हजार ३०६ थान राउटर आयात भएको छ।
यसैगरी, भारतबाट १२ हजार बराबरको ३७ थान, भियतनामबाट ४६ लाख २९ हजार बराबरको ५३५ थान, लाट्भिया बाट ११ लाख ८१ हजार बराबरको २३ थान, मलेसियाबाट ८ लाख ३७ हजार बाराबरको १०० थान र ताइवानबाट ३७ हजार बराबरको २ थान र अमेरिकाबाट ३ लाख ९६ हजार बराबरको ३२ थान र लिथुआनियाबाट ७ लाख ६२ हजार बरारको ८२ थान राउटर आएको छ।
विवरण यस्तो छः
| क्र.सं. | देश | विवरण | रकम (हजारमा) |
| १ | चीन | २०१३०६ | ६८८०५० |
| २ | भीयतनाम | ५३५ | ४६२९ |
| ३ | मलेसिया | १०० | ८३७ |
| ४ | अमेरिका | ३२ | ३९६ |
| ५ | भारत | ३७ | १२ |
| ६ | लाट्भिया | २३ | ११८१ |
| ७ | ताइवान | २ | ३७ |
| ८ | लिथुआनिया | ८२ | ७६२ |