प्रविधि

नयाँ एन्ड्रोइड भाइरसले बढायो साइबर सुरक्षा चिन्ता, प्रयोगकर्ताले थाहा नपाई रकम चोरी हुन सक्ने

नयाँ एन्ड्रोइड भाइरसले बढायो साइबर सुरक्षा चिन्ता, प्रयोगकर्ताले थाहा नपाई रकम चोरी हुन सक्ने
Global IME Bank

एन्ड्रोइड फोनका लागि नयाँ भाइरस देखा परेपछि साइबर सुरक्षा बिज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। बाजुका नाम दिइएको उक्त भाइरसले प्रयोगकर्तालाई कुनै जानकारी नदिई मोबाइल नियन्त्रणमा लिएर बैंकसम्बन्धी विवरण तथा रकम चोरी गर्न सक्ने बताएका छन्।

मालवेयरले आफ्नो गतिविधि लुकाउन विशेष प्रविधि प्रयोग गर्छ। यसले मोबाइलको होम स्क्रिन वा लक स्क्रिनको कपी तयार गरी स्थिर फोटोका रुपमा देखाउन सक्छ। स्क्रिनमा सामान्य दृश्य देखिए पनि ब्याकग्राउन्डमा भने यसले विभिन्न गतिविधि संचालन गरिरहेको हुन्छ। यसको अर्थ प्रयोगकर्ताले आफ्नो मोबाइल सामान्य अवस्थामा रहेको देखिरहेका बेला ह्याकरहरुले भने मोबाइलको नियन्त्रण लिइसकेका हुनसक्छन्।

साइबर सुरक्षा अनुसन्धान संस्था थ्रेटफेब्रिकका विज्ञहरुका अनुसार बाजुका भाइरसमा २३ वटा फरक मोड्युलले पासवर्ड चोरी गर्ने, एसएमएस मेसेजहरु अवरोध गर्ने तथा बैंकिङ कारोबार पुष्टि गर्न प्रयोग गरिने एक पटक मात्र प्रयोग गर्न मिल्ने कोड प्राप्त गर्ने क्षमता राख्छन्।

यस भाइरसले क्रिप्टोकरेन्सी कारोबारमा समेत हस्तक्षेप गर्न सक्छ। प्रयोगकर्ताले कपी गरेको डिजिटल वालेटको ठेगानालाई परिवर्तन गरी ह्याकरको नियन्त्रणमा रहेको ठेगाना राखिदिन सक्छ। यसरी प्रयोगकर्ताले पठाएको पैसा सजिलै ह्याकरको खातामा जान सक्छ।

यसको अर्को चिन्ताजनक पक्ष भनेको चोरी गरिएका विवरण विश्लेषण गर्न आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न सक्ने सम्भावना हो। यसले आक्रमणकारिलाई बढी आर्थिक क्षमता भएका प्रयोगकर्ता पहिचान गर्न र उनीहरुलाई लक्षित गरी थप योजनाबद्ध साइबर आक्रमण गर्न सहयोग पुर्याउन सक्छ।

विज्ञहरुले चर्चित प्लेटर्फमका प्रिमियम भर्सनजस्तो देखिने फेक एपहरु पनि पहिचान गरेका छन्। यस्ता एपमार्फत प्रयोगकर्तालाई झुक्याएर मोबाइलमा हानिकारक सफ्टवेयर इन्स्टल गर्न लगाउन सकिन्छ।

यस्ता साइबर आक्रमणबाट जोगिन प्रयोगकर्तालाई अपरिचित स्रोतबाट एप डाउलोड नगर्न, एपहरुले माग्ने परमिसन जाचँ गर्न र गुगल प्ले प्रोटेक्ट सक्यूरिटि सिस्टम सक्रिय राख्न सुझाव दिइएको छ।

विशेषगरी एन्ड्रोइडको एक्सेसिबिलिटि सुविधामा पहुँच माग्ने एपहरुप्रति सावधान रहन विज्ञहरुले आग्रह गरेका छन्।

Sajilo Visa
easy care