नेपाल टेलिकमले गर्यो अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर कायम
काठमाडौं ।
नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कल गर्दा लाग्ने पल्सको समयावधि मा परिमार्जन गरेको छ। पहिले ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ।
दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणबाट २०८३ भदौ २४ को निर्णयानुसार उक्त पल्स दर कायम गरिएको हो।
अब सबै देशका दूरसञ्चार सेवा प्रदायकहरुमा इन्टरनेसनल एक्सेस कोड ००/१४२४/१४२५/१४४५ को प्रयोग गरी वहिर्गमन कल गर्दा ६० सेकेन्डको पल्स दर कायम हुने नेपाल टेलिकमले जनाएको छ।
यस अघि २०८२ फागुन १ को निर्णयानुसार प्राप्त स्वीकृति बमोजिम ५८ देशहरुमा यो पल्स दर पहिले देखि नै कायम थियो। अब बाँकी देशहरुमा २०८३ मंसिर ८ देखि नयाँ पल्स दर लागु हुनेछ।
नेपाल टेलिकमले हाल विभिन्न देशका दूरसञ्चार सेवा प्रदायकहरुमा कल गर्नका लागि विभिन्न एक्सेस कोडको व्यवस्था गरेको छ। कल गर्नका लागि सुरुमा एक्सेस कोड र त्यसपछि कन्ट्री कोड पश्चात सेवा प्रदायकको नम्बर डायल गर्नु पर्छ।