काठमाडौं ।
राष्ट्रिय सेवा प्रदायक ‘रोस्टेलिकम’ को सहायक कम्पनी रुसी मोबाइल सेवा प्रदायक ‘टी२’ (T2) ले सामसङका स्मार्टफोनहरूमा फाइभजी नेटवर्कको सुविधा उपलब्ध गराएको छ।
सफ्टवेयर अपडेट गरेपछि प्रयोगकर्ताहरूले यो सुविधा प्राप्त गर्न सक्नेछन्।
‘सामसङ ग्यालेक्सी ए२७’ यो अपडेट प्राप्त गर्ने पहिलो मोडल हो। साथै, सामसङका अन्य हालका स्मार्टफोन मोडलहरूमा पनि ‘टी२’ को ५जी नेटवर्क प्रयोग गर्न मिल्ने सुविधा विस्तार गरिनेछ।
टी२को फाइभ नेटवर्क मस्को, सेन्ट पिटर्सबर्ग, येकातेरिनबर्ग, चेल्याबिन्स्क, पर्म, क्रास्नोयार्स्क र भोल्गोग्राड लगायत रुसका सात प्रमुख सहरहरूमा सञ्चालनमा आएको छ।
प्रकाशित: ८ कार्तिक २०८३, आईतवार