चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

  • Technology Khabar | ७ कार्तिक २०८३, शनिबार
चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

काठमाडौं ।

चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

‘याओगान–५० ०३’ नामक उक्त स्याटेलाइटलाई परिमार्जित ‘लङ मार्च–६’ रकेटमार्फत अन्तरिक्षमा पठाइएको हो । प्रक्षेपणपछि स्याटेलाइट निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

चिनियाँ अधिकारीहरूका अनुसार, उक्त प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको छ। स्याटेलाइटलाई मुख्यतः भू–सर्वेक्षण, बाली उत्पादनको अनुमान तथा विपद् रोकथाम र राहतसम्बन्धी कार्यमा प्रयोग गरिनेछ ।

रिमोट सेन्सिङ स्याटेलाइटले अन्तरिक्षबाट पृथ्वीको सतहसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न सक्छन्। यस्ता उपग्रहबाट प्राप्त जानकारी भूमि व्यवस्थापन, कृषि अनुगमन, प्राकृतिक विपद्को आकलन तथा राहत कार्यको योजना बनाउन उपयोगी हुन्छ।

यो प्रक्षेपण चीनको ‘लङ मार्च’ रकेट शृङ्खलाको ६७२औँ उडान अभियान हो । रासस/सिन्ह्वा

प्रकाशित: ७ कार्तिक २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार