राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह

  • Technology Khabar | ६ कार्तिक २०८३, शुक्रबार
राष्ट्र बैंकको वेबसाइट डाउन, साइबर सुरक्षा सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन वित्तीय संस्थाहरुलाई आग्रह

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको वेबसाइट डाउन भएको छ। यसअघि सरकारी निकायका वेबसाइटहरु मात्र डाउन रहेकोमा केन्द्रिय बैंकले पनि साइबर सुरक्षाका कारण वेबसाइट डाउन गरिएको जानकारी दिएको छ।

वेब प्रविधि (पिएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर राख्दै बैंकको वेबसाइट लगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी गराएको छ।

यस अवधिमा नेपाल राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना वा जानकारीका लागि बैंकको आधिकारिक सामाजिक सञ्जालमा उपलब्ध हुने जनाएको छ।

“साथै, उक्त जोखिमलाई केन्द्रित गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (PSO), भुक्तानी सेवा प्रदायक (PSP) र विप्रेषण कम्पनीहरूलाई अपिल गरिन्छ,” सूचनामा भनिएको छ।

प्रकाशित: ६ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार