डिज्नीले क्यारेक्टर डट एआईका अधिकांश कर्मचारीलाई नियुक्त गर्ने

  • Technology Khabar | ५ कार्तिक २०८३, बिहीबार
डिज्नीले क्यारेक्टर डट एआईका अधिकांश कर्मचारीलाई नियुक्त गर्ने

काठमाडौं ।

च्याटबोट स्टार्टअप क्यारेक्टर डट एआईले यसै साताको सुरुमा टाट पल्टिएको घोषणा गरेपछि यसका धेरै कर्मचारीले डिज्नीमा काम गर्ने अवसर पाउने भएका छन्।

क्यारेक्टर डट एआईका पूर्वप्रमुख कार्यकारी अधिकृत करणदीप आनन्द हालै डिज्नीको पहिलो प्रमुख प्रविधि अधिकृत (सीटीओ) बनेका थिए। यसअघि स्टार्टअपले डिज्नी आफ्ना केही सम्पत्ति २ करोड डलरमा खरिद गर्न सहमत भएको जनाएको थियो।

ब्लुमबर्गले फेला पारेको कानुनी दस्तावेजमा क्यारेक्टर डट एआईर डिज्नीबीच भएको सम्झौताबारे थप विवरण सार्वजनिक भएको छ। दस्तावेजअनुसार डिज्नीले क्यारेक्टर डट एआईका कम्तीमा ६० जना कर्मचारीलाई रोजगारीको प्रस्ताव दिने सहमति जनाएको छ।

यो कम्पनीका अधिकांश कर्मचारीको सङ्ख्या हो। उनीहरूलाई वार्षिक करिब ६ करोड डलर पारिश्रमिक दिइने अनुमान गरिएको छ।

टेकक्रञ्चका अनुसार दस्तावेजमा डिज्नीमा काम गर्ने प्रस्ताव पाएका क्यारेक्टर डट एआईका “अत्यधिक बहुमत” कर्मचारीले उक्त प्रस्ताव स्वीकार गरेको पनि उल्लेख छ। यद्यपि, यो प्रारम्भिक खरिद प्रस्ताव मात्र भएकाले अर्को कम्पनीले यसभन्दा बढी रकमको प्रस्ताव पेस गर्न सक्नेछ।

दस्तावेजअनुसार ठूलो र सक्रिय प्रयोगकर्ता आधार भए पनि उच्च लागत तथा सम्भावित कानुनी मुद्दाबाट उत्पन्न हुने दायित्व र नियामक निकायको निगरानीका कारण क्यारेक्टर डट एआईको व्यवसाय प्रभावित भएको छ।

कम्पनीविरुद्ध १४ वर्षीय एक बालककी आमाले मुद्दा दायर गरेकी थिइन्। उनले आफ्नो छोराले आत्महत्या गर्नुअघि क्यारेक्टर डट एआईको एउटा च्याटबोटप्रति अत्यधिक लगाव राखेको आरोप लगाएकी थिइन्। बालबालिकाको सुरक्षासम्बन्धी चिन्ताका कारण कम्पनीमाथि सरकारी निकायहरूले अनुसन्धान पनि गरिरहेका छन्।

प्रकाशित: ५ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

  • Technology Khabar
  • ५ कार्तिक २०८३, बिहीबार