डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था, एससीटी कार्डमार्फत डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने

  • Technology Khabar | १ कार्तिक २०८३, आईतवार
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था, एससीटी कार्डमार्फत डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड बीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

यस सम्झौता पश्चात्, डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यहरूले पनि अब वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाका ग्राहकहरू झैं आधुनिक डिजिटल भुक्तानी सेवा तथा कार्ड सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन्।

एससीटीद्वारा सञ्चालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डयुक्त नेटवर्कमार्फत डिप्रोक्स लघुवित्तले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीका सुविधाहरू प्रदान गर्नेछ।

कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिले यस ऐतिहासिक सहकार्यले नेपालको ग्रामीण तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि र डिजिटल बैंकिङ सेवा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

लघुवित्त क्षेत्रमा परम्परागत डिजिटल माध्यमहरूमा मात्र निर्भर रहनुपर्ने अवस्थालाई चिर्दै, डिप्रोक्स लघुवित्तले कार्ड सेवाको सुरुवात गर्नु समग्र वित्तीय समावेशीकरण तथा आधुनिक फिनटेक इकोसिस्टमको विकासका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १ कार्तिक २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Japan to launch historic round-trip mission to Mars moon

  • Technology Khabar
  • १ कार्तिक २०८३, आईतवार