पाँच हजार रुपैयाँमा ३० एमबीपीएसको प्याकेजका लागि नियामक निकायबाट स्वीकृति लिएको नेपाल टेलिकमको भनाई

  • Technology Khabar | १ कार्तिक २०८३, शनिबार
पाँच हजार रुपैयाँमा ३० एमबीपीएसको प्याकेजका लागि नियामक निकायबाट स्वीकृति लिएको नेपाल टेलिकमको भनाई

काठमाडौं ।

नेपाल टेलिकमले हालै जारी गरेको रू ४,९९९ बराबरको ३० एमबीपीएसको प्याकेज नियामक निकायबाट स्वीकृति लिएरनै ल्याएको जानकारी गराएको छ।

कम्पनीले आज प्रेस विज्ञप्ती प्रकाशित गर्दै हालै जारी गरेको रू ४,९९९ बराबरको ३० एमबीपीएसको प्याकेजको सम्बन्धमा तथ्य भन्दा फरक रुपमा समाचारहरु प्रकाशित/प्रशारित भइरहेकोमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीका प्रवक्ता डा. कमल लामिछानेकाअनुसार, नेपाल दूरसञ्चार प्राधिकरणको २०८३ असोज ३० गतेको इन्टरनेट सेवा प्रदायकहरुले प्राप्त गरेको अनुमति पत्रको सर्त विपरित काम गरेको भन्ने सम्बन्धमा जारी प्रेस विज्ञप्तिलाई आधार मानी उक्त भ्रमपूर्ण समाचार सम्प्रेषण भएको पाइएको हो।

तर, नेपाल टेलिकमले विगत देखि निरन्तर रुपमा सञ्चालन गर्ने प्याकेजहरु स्वीकृतिको लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने गरेको उल्लेख गरेको छ।

कम्पनीले २०८३ असोज ३० गते अफरको रुपमा सञ्चालनमा ल्याएको प्याकेजको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी गराई सकिएको र उक्त प्याकेज कम्पनीले विद्यार्थी अफरको रुपमा यसअघि प्राधिकरणलाई जानकारी गराई सञ्चालनमा ल्याएको अफर समेत भएको दाबी गरेको छ।

“अतः विभिन्न सञ्चार माध्यमा आएका ३० एमबीपीएसको एफटीटीएच प्याकेज, रु. ४,९९९ वरावरको सस्तो प्याकेजको स्वीकृति र सञ्चालनका वारेमा कुनै भ्रममा नपर्नु हुन सरोकारवाला सबैमा अनुरोध छ,” प्रवक्ता लामिछानेले भनेका छन्, “नेपाल टेलिकमले नेपाल सरकारको स्वीकृत नीति एवं कानुनको परिधिभित्र रही कार्य गरिरहेको र कानुन पालनामा सदाझै प्रतिवद्ध रहेको समेत जानकारी गराइन्छ।”

प्रकाशित: १ कार्तिक २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार